मुसिकोट नगरपालिका २ मुसिकोटमा सामाजिक सुरक्षा भत्ता घरघरमा पुराइने

गुल्मीको मुसिकोट नगरपालिका २ मुसिकोटबाट सामाजिक सुरक्षा भत्ता बुझ्ने नागरिकहरुलाइ घरघरमा सुरक्षा भत्ता पुराइने भएको छ ।

सोमबार बसेको वडासमितिको बैठकले सामाजिक सुरक्षा भत्ता घरघरमा पुराउने निर्णय गरेको मुसिकोट २ का वडाध्यक्ष रबिन्द्र केसीले जानकारी दिनुभयो ।वडा नम्बर २ भित्र वितरण हुने विभिन्न किसिमका सुरक्षा भत्ता नागरिकले प्राप्त गर्नको लागि निकै कठिन हुने गरेकोले नागरिकको अपेक्षा अनुसार नै घरघरमा सुरक्षा भत्ता पुराउन लागिएको केसीले बताउनुभयो ।

अहिले अशक्त,अपाङ्ग,वृद्द लगायतका नागरिकहरुलाइ बैंकमा बोलाएर सुरक्षा भत्ता दिने गरिएपनि कतिपय लाभग्राहिहरु बैंकसम्म पुग्न नसक्ने,अरुको शाहारामा जादा र आउदा सुरक्षा भत्ता भन्दा बढि खर्च आउनेजस्ता समस्या आउने गरेकोले घरघरमा पुराउन लागिएको केसीको तर्क छ ।

अहिले मुसिकोट नगरपालिकाभित्र रहेका बिभिन्न बैंकहरुले भत्ता वितरणमा सहजीकरण गरेका छन त्यसैले मुसिकोट २ को हकमा वितरण गरेको बैंकलाइ घर घरमा वितरण गर्न अनुरोध गर्ने र सोहि अनुसार नभए अर्को बैंकमार्फत वितरणको लागि नगरपालिकामा अनुरोध गरिने निर्णय भएको वडाध्यक्ष रबिन्द्र केसीको भनाइ छ ।

यस अघि ­­सामाजिक सुरक्षा भत्ता वितरणमा केहि समस्या र गुनासाहरु आएकोले आगामी त्रैमासिकदेखि उक्त कार्य गरिने बताइएको छ । बैठकले आगामी आर्थिक वर्षको लागि टोलटोलबाट योजना संकलन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय