file photo

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा सात पटक प्रधानमन्त्री भए देश नै नरहने खतरा रहेको टिप्पणी गरेका छन् ।


प्रतिनिधिसभाको आइतवार बसेको बैठकमा बोल्दै नेता रावलले देउवाको हातमा देशको नेतृत्व जाँदा हरेक पटक अनिष्ट हुने गरेको विभिन्न घटनाक्रमहरूको दृष्टान्त दिँदै सातौं पटक प्रधानमन्त्री भए त देश नै नरहने होकि भन्ने स्थिती पैदा भएको बताएका हुन् । ‘उहाँ (देउवा) जति पटक प्रधानमन्त्री हुनुभयो त्यति नै पटक मुलुकको स्वतन्त्रता र स्वाधीनतालाई समाप्त पार्न खोजिएको छ ।

२०५२ सालमा प्रधानमन्त्री हुँदा जनयुद्ध भयो महाकाली सन्धि भयो, महाकाली भारतलाई बेचियो, फेरि प्रधानमन्त्री हुँदा प्रतिगमन भयो,’ उनले भने, ‘अहिले पाँचौँ पटक प्रधानमन्त्री हुँदा प्रतिगामी कदम चालेर नदीनाला बेच्दैछन् । राष्ट्रघात गरिरहेका छन् । पाँच चोटी प्रधानमन्त्री हुँदा त यस्तो छ, सात चोटी हुन्छु भन्दै हुनुहुन्छ,सात चोटी भए भने त नेपालकै अस्तित्व नरहन सक्छ ।’

त्यस्तै उनले एमसीसी अनुमोदन गर्दाका बेला व्याख्यात्मक घोषणाबारे पत्राचार भए नभएकोबारे संसदमा जानकारी पेश नगरिएको भन्दै आपत्ति जनाए । नेता रावलले देशका ठूला आयोजना धमाधम विदेशीलाई सुम्पिएर देउवाले गम्भीर राष्ट्रघात गरेको अरोप लगाए । ‘लगानी बोर्डले दीर्घकालीन हित नहेरी नदी नाला विदेशीलाई सुम्पिने काम भइरहेको छ’, उनले भने, ‘यसलाई बजेट चाहिँदैन खर्च कटौती गरौँ।’

साथै उनले प्रधानमन्त्री देउवाले चिनियाँ आयोजनाले बनाएको बिजुली नकिन्ने भन्नु, चिनियाँबाट खोसेर पश्चिमसेती आयोजना भारतलाई दिनु, अमेरिकासँग सामरिक सम्बन्ध स्थापना गर्न खोज्नु, तिब्बत मामिलासम्बन्धी अमेरिकी विदेश उपपमन्त्रीलाई शरणार्थी क्याम्पमा लैजानु जस्ता घटनाक्रमले नेपालको असंलग्न परराष्ट्र नीतिमाथि गम्भीर प्रहार भएको बताए ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here