महेन्द्र आदर्श नमुना  मा वि मा प्र अ को लागि एकजनाको दरखास्त 

विष्णु प्रसाद आचार्य (चकित) मुसिकोट गुल्मी / नबखबर

श्री महेन्द्र आदर्श नमुना मा वि मुसिकोट नगरपालिका ७ वामीटक्सारमा प्र अ को लागि एकजनाको विद्यालय विकाश प्रस्ताव दर्ता भएको छ । गत कार्तिक १६ गते छनोट समितीको बैठक बसेर ३५ दिने विकाश प्रस्ताव तथा निवेदनको लागि उक्त विद्यालयमा कार्यरत योग्यता पुगेका शिक्षकहरुलाइ आह्वान गरेको थियो ।

अन्तिम मिति मंसिर २१ गते कार्यालय समयभित्र विद्यालयका शिक्षक माध्यमिक तहका द्धितीय श्रेणीका एकमात्र उम्मेदवार देविराम शर्माको प्रस्ताव तथा निवेदन दर्ता भएको छनोट समितीका संयोजक भीमलाल सापकोटाले नवखबरलाइ जानकारी दिनुभयो ।

करारमा विद्यालयको प्रधानाध्यापक नियुक्तीको लागि छनोट समितीले आह्वान गरेको निवेदनमा उक्त विद्यालयका एकमात्र उम्मेदवारको निवेदन परेकोले त्यसको अध्ययनको लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको संयोजक सापकोटाले बताउनुभयो । केही दिनभित्रै बैठक बसेर निष्कर्षमा पुगिने उहाँको भनाइ छ ।

तीन सदस्यीय छनोट समितीमा शिक्षक युनियन गुल्मीका पुर्व अध्यक्ष तथा महेन्द्र आदर्श मा वि का पुर्व प्रधानाध्यापक भीमलाल सापकोटा सँयोजक, रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासका सहायक क्याम्पस प्रमुख गोविन्द गौतम सदस्य र मुसिकोट नगरपालिका शिक्षा शाखा प्रमुख चुरा बहादुर छन्त्याल सदस्य रहने गरि समिती निर्माण भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय