सरकारलाई तामाङको प्रस्ताव,‘औषधी बनाउन र बेचेर विदेशी ऋणति र्न सकिन्छ भने गाँजाको प्रतिबन्ध किन नहटाउने ?’

काठमाडौं । नेकपा एमाले नेता तथा सांसद शेरबहादुर तामाङले गाँजाको प्रतिबन्ध हटाएर यसलाई व्यवसायका रुपमा विकास गरे यसबाट राज्यले धेरै आम्दानी गर्न सक्ने बताएका छन् ।

गाँजा उत्पादनका लागि पर्याप्त ठाँउ भएको र यसबाट औषधि बनाएर निर्यात गर्न सकिने भन्दै उनले गाँजा बचेरमात्रै पनि नेपालले विदेशी ऋण तिर्न सक्ने दावी गरेका हुन् ।आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा तामाङले गाँजा बन्ने सीबीडी र सीबीडीबाट बन्ने औषधिले क्यान्सर, एड्सजस्ता प्राण घातक रोग निको पार्न सक्ने भन्दै यसमा लगाएको प्रतिबन्ध हटाएर व्यवस्थित ढंगले गर्न आम्दानी लिन सकिने बताए ।

गाँजाको औषधीय गुणलाई वैधानिकता गर्न सरकारसँग माग गर्दै उनले गाँजा खेतीबाट नेपालको पूर्वाधार विकास र राज्यको १६ खर्ब ऋण एक दुई वर्षमा तिर्न सकिने दाबी गरे । गाँजालाई वैधानिकता दिनुपर्ने माग उठिरहेका बेला सांसद तामाङले यसको औषधीय गुण प्रयोग गर्न र गाँजा उत्पादन गरेर विदेश निर्यात गर्न माग गरेका हुन् ।

तामाङले गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने पनि बताएका छन् । स्वास्थ्य तथा जनसंख्या लगायतका मन्त्रालयको लागि विनियोजित बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै पूर्वमन्त्रीसमेत रहेका सांसद तामाङले गाँजाका बहुउपयोगीता प्रष्ट्याउन खोजेका छन् ।

नेपालमा गाँजाबाट बनेको औषधि नपाएर एड्स लागेका व्यक्तिहरू आमरण अनशन बस्न लागेको पनि तामाङको दाबी गर्दै तामाङले भने,‘औषधि नपाएर मर्नुभन्दा वास्तवमा एड्स रोगका बिरामीहरू अब आमरण अनशन गरेर मर्न तयार भएर बसिरहेका छन् । त्यसैले यो गाँजाबाट बन्ने सीभीडी, सीभीडीबाट बन्ने औषधि र यसबाट वास्तवमा हामी प्राणघातक रोगहरूको उपचार गर्न सक्छौं । यो विश्वले अहिले प्रमाणित गरेर अगाडि आइसकेको विषय हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय