जेसिबी चलाएको हेर्न गएका दुई बालकको मृत्यु

 मोटरबाटो खन्ने क्रममा जेसिबी चलाएको हेर्न जाँदा रोल्पाका दुई बालकको माथिबाट खसेको पहिरोले पुरिएर मृत्यु भएको छ ।

जिल्लाको परिर्वन गाउँपालिका–५ निवासी प्रकाश खड्काका ६ वर्षीय छोरा डेविड र उनका २ वर्षीय भाइ इशान खड्काको आइतबार बिहान मृत्यु भएको हो । 

 रोल्पाका प्रहरी प्रमुख विनोद घिमिरेका अनुसार आइतबार विहान उनीहरुको घरबाट करिब  २ सय  मिटरको दुरीमा पर्ने इरिबाङ्ग खरिबोट मोटरबाटोको  नयाँ ट्रयाक खोल्न जेसिबी चलाइएको थियो । उनीहरु दुई भाइ  विहान साढे ९ बजेको समयमा हेर्न गएका थिए ।

सो समयमा  जेसिबी   छाडेर चालक खाजा खान गएको  प्रहरीको भनाइ छ   

त्यही बेलामा माथीबाट खसेको डिस्को–पहिरोले पुरेर उनीहरु दुबै जनाको ज्यान गएको हो 

  यस्तै दुई दिन अघि गुल्मीमा पनि सडक मर्मतका क्रममा जेसिबी चलाउँदा एक जना १४ वर्षीय बालक गगन रायमाझीको ज्यान गएको थियो । – रातोपाटिबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय