काठमाडौं – स्थानीय तहको निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा अहंकार र दम्भ बढ्न थालेको छ ।


केही दिनयता पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने नाममा गरिएका प्रदेशस्तरीय भेलामा उनले कांग्रेस र एमाले अध्यक्ष केपी ओलीको मानमर्दन गर्ने गरी बोल्न थालेका छन् ।

कहिले उनी सत्ताको चाबी माओवादीको हातमा रहेको भन्छन् त कहिले कांग्रेसलाई साइजमा ल्याउँछौं भन्दै कुर्लने गरेका छन् । जबकि हालै सम्पन्न स्थानीय निर्वाचनमा गठबन्धनकै भरमा माओवादीले ५० प्रतिशतभन्दा बढी पालिका जितेको थियो ।

यदि एक्लै लडेको भए माओवादीले ५० स्थानीय तह पनि जित्न सक्ने अवस्था थिएन । तर, उनी अहिले गठबन्धन सफल नभएको भन्दै कांग्रेसमाथि दोष थोपरिरहेका छन् ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव जित्ने ग्यारेन्टी नभएका प्रचण्ड कांग्रेसलाई घुर्की लगाउँदै पोजिसन क्लियर गर्न चाहन्छन्।

यदि कांग्रेस र एमालेसँग तालमेल नहुने हो भने माओवादीको साइज कत्रो हुन्थ्यो, सबैले देखे बुझेकै हो । तर, पनि उनी अहिले कांग्रेसलाई साइजमा ल्याउने बताउँदै हिँड्न थालेका छन् ।

शनिबार पोखरामा आयोजित गण्डकीस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले अब कांग्रेसलाई साइजमा राख्ने बताए स्थानीय तहको निर्वाचनमा कांग्रेसले धेरै दम्भ र अहंकार देखाएकाले आउँदो संघीय र प्रदेश सभाको निर्वाचनमा कांग्रेसलाई साइजमा राख्ने गरी छलफल भइरहेको उनको भनाइ छ ।

स्थानीय तहको निर्वाचनको जितले कांग्रेसमा अहंकार बढ्ने खतरा रहेकाले उसलाई साइजमा राख्ने गरी गठबन्धनमा रहेका अन्य चार दलका बीचमा छलफल भइरहेको भनाइ उनको थियो ।

प्रचण्डले के बुझेका छैनन् भने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र एमाले मिलेर उम्मेदवारी दिए भने माओवादीकै साइज कत्रो हुन्छ भन्ने । – मिडिया डबली

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here