ग्याँस बुलेट र मोटरसाइकल एक–आपसमा ठोक्किँदा २ को मृत्यु

मकवानपुर । जिल्लाको हेटौंडा–९ पशुपतिनगरमा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकसहित दुईको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार साँझ विपरित दिशाबाट जाँदै गरेको मोटरसाइकल र हेटौंडातर्फ आउँदै गरेको बुलेट आपसमा ठोक्किँदा दुर्घटना भएको हो । उक्त दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा हेटौंडा–९ का ५५ वर्षीय ईश्वर तामाङ र २६ वर्षीया अमीना तामाङ रहेका छन् ।

यो पनि पढ्नुहोस् – काठमाडौंँ – चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको छ । चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । घाइते बालिकाको अवस्था खतरामुक्त रहेको उनले बताए । मेडिकलका डा महेश विक नेतृत्वमा बालिकाको उपचार गरिएको छ ।

बुवा आमा बजारबाट घर जाँदै गर्दा आएको देखेर बालिका घरबाहिर निस्किएकी थिइन् । त्यही बेला चितुवाले आक्रमण गरेको र बुवा आमा दौडिएर आउनेबित्तिकै चितुवा भागेको जनाइएको छ ।

पछिल्लो केही वर्षयता जिल्लाका विभिन्न पालिकामा चितुवाको आतङ्क छ । सबैभन्दा बढी आतङ्क भानु नगरपालिकामा छ । चितुवाले बालबालिकामाथि बढी आक्रमण गर्ने भएकाले साँझको समयमा बालबालिकालाई घरबाहिर एक्लै नछाड्न डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय