आफुलाइ अयोग्य भन्दै गुल्मी मुसिकोटमा काङ्ग्रेसका वडा सभापति र सचिवले दिए राजिनामा

गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ७ वामीका नेपाली काङ्ग्रेसका वडा कार्य समितिका सभापति तेजिन्द्र बहादुर जिसी र सचिव विवेक काफ्लेले आफ्नो सभापति र सचिव पदबाट राजिनामा दिएको बताएका छन ।

नेपाली काङ्ग्रेस वडानम्बर ७ वामीका पार्टी सभापति रहेका तेजिन्द्र बहादुर जिसी र सचिव विवेक काफ्लेले शनिबार पार्टीको वडा समितिको बैठकमार्फत राजीनामा दिएका हुन ।पार्टी सभापति रहेका जिसी काङ्ग्रेसको गत वडा अधिवेशनबाट सर्वसम्मत सभापति र काफ्ले सर्वसम्मत सचिव निर्वाचित भएका हुन । जिसीले बैशाख ३० को स्थानीय निर्वाचनमा वडा नम्बर ७ को वडाध्यक्षमा टिकट पाएर पनि गठबन्धनको तर्फबाट माओवादीका राजन सापकोटा उम्मेदवार बन्ने भएपछि जिसीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

आफ्नै वडाबाट कोहि उम्मेदवारलाइ विजयी गराउन नसकेको र आफु अयोग्य भएको भन्दै पार्टी उपसभापति शालिकराम सापकोटा समक्ष उनले राजिनामा दिएका हुन ।काफ्लेले पार्टीको भातृ संगठन तरुण दलको मुसिकोटको नगर सचिव र काङ्ग्रेसको शुभेच्छुक संगठन प्रेस युनियनका जिल्ला सदस्य समेतबाट राजिनामा दिएका हुन ।

काफ्ले नेपाल विद्यार्थी संघ महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयको इकाइ सभापति हुदै हाल उनी नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर २ का क्षेत्रिय सदस्य समेत हुन । राजनितक रुपमा कतै सम्लग्न नरहने गरि सबै ठाउबाट राजिनामा दिएको उनले बताएका छन भने जिसीले काङ्ग्रेसको साधारण सदस्य रहेर काम गर्ने राजिनामापत्रमा उल्लेख गरेका छन ।

दुबैले गत बैशाख ३० मा भएको स्थानिय निर्वाचनमा आफुले पार्टीलाइ विजयी बनाउन नसकेको र आफु अयोग्य भएको साथै सहि तरिकाले कार्यसम्पादन गर्न नसकेकोले आफ्नो पदबाट राजिनामा दिएको उल्लेख गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय