– जितेका तुलनामा हारेका ठाउँमा चुनाव जित्न सजिलो: एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले यस पटकको स्थानीय तह निर्वाचनले जितेको भन्दा हारेको ठाउँमा चुनाव जित्न सजिलो देखिएको बताएका छन् ।

एमालेको ललितपुर जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि बधाई तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो अनुभव सुनाएका हुन् । ‘जितेका ठाउँका तुलनामा हारेका ठाउँमा चुनाव जित्न सजिलो भयो । जहाँ हामीले जितेका थियौँ, त्यहाँ विपक्षीले जिते, बरु हारेका ठाउँमा हामीले जित्यौँ,’ महासचिव पोखरेलले भने,‘यसले के प्रमाणित गर्छ भने हाम्रा काम जनलताले निगरानी गरिरहेका रहेछन् । हामी पारदर्शी हुन सकेका रहेनछौँ ।’

यसबाट पाठ सिक्नुपर्ने उनले बताए । उनले भने, ‘यसले के सिकाउँछ भने, हामी पारदर्शी हुनुपर्छ । हामीले गरेका काम जनतालाई जानकारी पनि दिनुपर्छ । चर्चा परिचर्चा पनि गर्नुपर्छ ।’

यस पटकको नतिजामा देशव्यापी रूपमा एमालेले अपेक्षाअनुसार नतिजा नल्याएको बताए । ‘देशव्यापी रूपमा परिणाम अपेक्षा गरेअनुसार भएन । गएको निर्वाचनका भन्दा प्रतिकुल भए,’ उनले भने,‘हामी ज्यादा आशावादी थियौँ । त्यो अपेक्षा अनुसार परिणाम प्राप्त भएन ।’

यद्यपि जे जति जितिएको छ, त्यसमा राम्रो काम गरे पार्टीलाई फाइदा पुग्ने महासचिव पोखरेलले बताए । ‘हामीले जे परिणाम पाएका छौँ, त्यसमा योजनाबद्ध र संगठित भएर काम गर्न जरुरी छ,’ उनले भने । – नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय