‘भाइरल’ वडाध्यक्ष रिजाल निवासमा महानगर प्रमुख शाहको ‘लन्च मिटिङ’

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र ‘भाइरल’ वडाध्यक्षका रुपमा चर्चामा रहेका वडाध्यक्ष मुकुन्द रिजालबीच भेटवार्ता भएको छ।

महानगर प्रमुख शाह र वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालबीच शनिबार भेटवार्ता भएको हो। रिजालको बालाजुस्थित निवासमा भएको भेटमा दुई जनाबीच काठमाडौँको फोहोर व्यवस्थापन र महानगरका दैनिक काम–कारबाहीका विषयमा छलफल भएको छ।

imagesशाहले रिजालको कार्यशैलीबाट आफू प्रभावित भएको भन्दै उनीसँग काठमाडौँको फोहोर व्यवस्थापन र महानगरका दैनिक काम–कारबाहीका विषयमा सुझाव मागेका छन्। पाँणे नामले चिनिएका कलाकार अर्जुन घिमिरेका साथ पुगेका शाहले रिजाल निवासमा झण्डै दुई घन्टा बिताएका थिए।

‘लन्च’सहितको भेटमा रिजालले फोहर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गरेका थिए। उनले पार्टीभन्दा माथि उठेर महानगर प्रमुख शाहका जनमुखी अभियानमा आफूले सहयोग गर्ने समेत बताएका छन्।

नगर प्रमुख शाहसँग महानगरपालिका केन्द्रित छलफल भएको वडाध्यक्ष रिजालले बताए। भेटमा सहभागी कलाकार घिमिरेले जनप्रतिनिधिहरुसँग परामर्श गर्ने नीतिअनुसार भेटघाट भएको बताए। – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय