आफुलाई अयोग्य भन्दै गुल्मी मुसिकोटमा काङ्ग्रेसका वडा सचिव काफ्लेले दिए राजिनामा

गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ७ वामीका नेपाली काङ्ग्रेसका वडा कार्य समितिका सचिव विवेक काफ्लेले आफ्नो सचिव पदबाट राजिनामा दिएको बताएका छन ।

नेपाली काङ्ग्रेसको वडा कार्य समितिको सचिव रहेका काफ्ले पार्टीको भातृ संगठन तरुण दलको मुसिकोटको नगर सचिव र काङ्ग्रेसको शुभेच्छुक संगठन प्रेस युनियनका जिल्ला सदस्य समेतबाट राजिनामा दिएका हुन । नेपाल विद्यार्थी संघ महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयको इकाइ सभापति हुदै हाल उनी नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर २ का क्षेत्रिय सदस्य समेत हुन । राजनितक रुपमा कतै सम्लग्न नरहने गरि सबै ठाउबाट राजिनामा दिएको उनले बताएका छन ।

उनले गत बैशाख ३० मा भएको स्थानिय निर्वाचनमा आफुले पार्टीलाइ विजयी बनाउन नसकेको र आफु अयोग्य भएको साथै सहि तरिकाले कार्यसम्पादन गर्न नसकेकोले राजिनामा दिनु परेको बताएका छन ।

उनले वडाको पार्टी सभापतिसमक्ष राजिनामापत्र बुझाएको बताएका छन,अबका दिनमा स्वतन्त्र नागरिक भएर सामाजिक कार्यमा कृयाशिल रहने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय