शैक्षिक गुणस्तर वृद्धि गर्न बिद्यालयद्वारा अभिभावक भेला सम्पन्न ।। 

कृष्ण भट्टराई गुल्मी  । पशुपतिनिम्नमाध्यमिक बिद्यालय मुसिकोट नगरपालिका ४ दजाकोट गुल्मिले शैक्षिक सत्र २०७९ को प्रथम अभिभावक भेला सम्पन्न गरेको छ।

बिद्यालय ब्यबस्थापन समिती,शिक्षक अभिभावक संघ पदाधिकारी तथा बिद्यार्थिका प्रतिनिधी ,स्थानीय समाजसेवी लगाएतको उपस्थितिमा सम्पन्न अभिभावक भेलामा बिद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले नयाँ शैक्षिक सत्रमा बिद्यालयका प्रगती,अभिभावक सङ्गको अपेक्षा लगाएत शिर्षकमा प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

भेलामा उपस्थित अभिभावकले गुणस्तरीय शिक्षामा बिद्यालय सक्षम रहेको भन्दै थप प्रगतिको लागि आवश्यक  सुझाव हरु प्रस्तुत गर्नुभएको थियो।गत शैक्षिक बर्षमा भन्दा यो बर्ष बिद्यार्थिको सिकाइ स्तरलाइ थप उचाइमा पुर्याउने उद्देश्यले अभिभावक भेलाको आयोजना गरिएको बिद्यालयले जनाएको छ।अभिभावक भेलामा बिशेष अतिथिको रुपमा मन्तव्य राख्दै पुर्व प्रधानाध्यापक तथा समाजसेवी हरि प्रसाद छन्तेलले बिद्यालयको एक्लो प्रयासले मात्र गुणस्तरीय शिक्षाको सपना पूरा गर्न नसकिने भन्दै घरपरिवार र स्थानिय सामाजिक वातावरणले पनि महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो।

संसारका शक्तिशाली र बिकसित देशले पनि शिक्षाको माध्यमबाट फड्को मारेको स्मरण गराउदै ,गुणस्तरीय शिक्षाको लागि कार्यक्रममा उपस्थित हुने अभिभावकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।आजभोलि अभिभावकले नर्सरीमा आउने बालबालिका सबै किताब कन्ठ गरे हुन्थ्यो ,सरर अङ्ग्रेजीमा बोले हुन्थ्यो भन्ने अपेक्षा राख्नु नै ठूलो भुल हुने र यसले बालबालिकाको मष्तिस्कमा नकारात्मक असर पर्ने बताउनुभयो ।

नर्सरी र केजि कक्षामा बालबालिकालाई कसरी सामाजिकिकरण हुने र बच्चालाई कसरी शिक्षाको बाटोमा आकर्षित गराउने भन्ने ठाउँ भएकोले बच्चाप्रती निराश नहुन अभिभावकलाई अनुरोध गर्नुभएको थियो।यसै बर्षदेखि स्थानिय सिकाइ केन्द्रको सहयोगमा बिद्यालयमा भर्ना भएका बालबालिकाका अभिभावकलाई लक्षित गरि बाल मनोबैज्ञानिक तथा प्राबिधिक ज्ञान दिन आवश्यक तयारीमा जुटेको उहाँले उद्घोष गर्नुभयो।

अभिभावक भेलामा शिक्षक अभिभावक संघ अध्यक्ष थमन बहादुर गाहाको अध्यक्षता,बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष वालकृष्ण पुन को प्रमुख आतिथ्यता रहेको थियो बिद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिको स्वागत मन्तब्य रहेको कार्यक्रम शिक्षिका गिता ढकालको सहजिकरण तथा सहायक प्रधानाध्यापक सोम बहादुर पेमि मगरको सन्चालनमा सम्पन्न भएको थियो।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय