ओलीले खोलिदिए प्रचण्ड र माधव नेपालको पोल

काठमाडौं – स्थानीय तहको निर्वाचन सकिएलगत्तै माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आएको बताएका थिए ।

तर त्यो अफर कसले गरेको हो भन्ने खुलाएका थिएनन् । धेरैले स्थानीय तह निर्वाचनमा नसोचेको पराजय बेहोरेको एमाले अध्यक्ष केपी ओलीले प्रचण्ड र माधवलाई प्रधानमन्त्रीको अफर गरेको अनुमान गरेका थिए ।

तर, एमाले अध्यक्ष ओलीले आफूले कसैलाई प्रधानमन्त्री बनाउने आश्वासन नदिएको बताएका छन् । विराटनगरमा शुक्रबार पत्रकारसँगको कुराकानीमा उनले आफूले कसैलाई पनि प्रधानमन्त्री बनाउने आश्वासन नदिएको बताएका हुन् ।

ओलीको यो स्पष्टीकरणसँगै प्रचण्ड र माधव नांगिएका छन् । उनीहरूले नेपाली कांग्रेसलाई घुर्की र धम्क्याएर आगामी निर्वाचनमा सिटको बार्गेनिङ गर्न खोजेको पुष्टि भएको छ । स्थानीय निर्वाचनपछि एमाले र माओवादी मिल्ने धेरैको अनुमान थियो ।

तर, ओलीले त्यसको पनि खण्डन गरेका छन् । उनले एमाले छाडेर गएकाहरूलाई पार्टीमा स्वागत गर्ने चलन नरहेको स्पष्ट पारे । तर, कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक नभए पनि स्वागत गर्न चलन भने नभएको बताएका हुन् ।

‘कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं । पार्टी छाडेर गएकाहरू पार्टी प्रवेश गर्न सक्नु हुन्छ तर स्वागत गर्ने चलन छैन,’ उनले भने । – मिडिया डबली\

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय