दुखद खबर, चट्याङ लागेर दुई जनाको मृत्यु

सप्तरी । सप्तरीमा बिहीबार चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको बोदे बर्साइन नगरपालिकामा बर्षासँगै खसेको चट्याङले उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका वडा नम्बर ३ मधवन निवासी ५६ वर्षीय रामजी यादव र ६५ वर्षीय सत्यनारायण यादवको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । खेतमा काम गरिरहेको बेला वर्षा हुन थालेपछि एउटै छातामा दुवैजना ओत लागेको अवस्थामा खसेको चट्याङ लागेर घाइते भएका दुवै जनालाई अस्पताल पुर्‍याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् – काठमाण्डौ । गतवर्ष बाढीले वितण्डा मच्चाएको मेलम्चीमा यो वर्षको सुरुवात मै बाढी आउने संकेत देखिएको छ । अहिले बर्सातसँगै मेलम्ची नदीमा पानीको बहाव बढेको छ।

मेलम्ची नगरपालिका वडा नम्बर ११ मा गत वर्ष असार १ गतेको बाढीले पुल बगाएपछि ह्युमपाइप राखेर बाटो बनाइएको थियो। यो अस्थायी संरचना आज बिहान बाढीले क्षति पुर्‍याएपछि मर्मत गर्न लागिएको छ। मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले बाढीले क्षति पुर्‍याएको संरचना मर्मत गर्न लागिएको बताएका छन्।

मेलम्चीको वडा नम्बर ७ र ११ जोड्ने उक्त ह्युमपाइपमा क्षति भएपछि बाटो अवरूद्ध भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय