मेलम्चीमा फेरी बाढी,भत्कियो अस्थायी पुल

काठमाण्डौ । गतवर्ष बाढीले वितण्डा मच्चाएको मेलम्चीमा यो वर्षको सुरुवात मै बाढी आउने संकेत देखिएको छ । अहिले बर्सातसँगै मेलम्ची नदीमा पानीको बहाव बढेको छ।

मेलम्ची नगरपालिका वडा नम्बर ११ मा गत वर्ष असार १ गतेको बाढीले पुल बगाएपछि ह्युमपाइप राखेर बाटो बनाइएको थियो। यो अस्थायी संरचना आज बिहान बाढीले क्षति पुर्‍याएपछि मर्मत गर्न लागिएको छ। मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले बाढीले क्षति पुर्‍याएको संरचना मर्मत गर्न लागिएको बताएका छन्। मेलम्चीको वडा नम्बर ७ र ११ जोड्ने उक्त ह्युमपाइपमा क्षति भएपछि बाटो अवरूद्ध भएको छ।

यो पनि पढ्नुहोस् – सागर भण्डारी,गुल्मी । गुल्मीमा सडक निर्माण गर्र्ने क्रममा जेसिबीले पल्टाएकोे ढुङ्गाले लागेर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ स्थित मैदान ठुलापोखरा सडक निर्माण गर्ने क्रममा पल्टिएको ढुङ्गाले लागेर स्थानीय पृथ्वी माविमा अध्ययनरत १४ वर्षीय गगन रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

बिहिवार बिहान करिब ९ :३० बजे तिर ८५८ (ईएक्स) नम्बरको जेसिबिले पल्टाएको ढुङ्गाले लागेर घाइते भएका रायमाझीको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात जिल्ला अस्पताल तम्घास ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

अहिले उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भैइरहेको छ । सेयर गर्नुहोस् – सागर भण्डारी,गुल्मी । गुल्मीमा सडक निर्माण गर्र्ने क्रममा जेसिबीले पल्टाएकोे ढुङ्गाले लागेर एक विद्यार्थीको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका ३ स्थित मैदान ठुलापोखरा सडक निर्माण गर्ने क्रममा पल्टिएको ढुङ्गाले लागेर स्थानीय पृथ्वी माविमा अध्ययनरत १४ वर्षीय गगन रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिनुभयो । बिहिवार बिहान करिब ९ :३० बजे तिर ८५८ (ईएक्स) नम्बरको जेसिबिले पल्टाएको ढुङ्गाले लागेर घाइते भएका रायमाझीको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात जिल्ला अस्पताल तम्घास ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

अहिले उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भैइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय