योगेश भट्टराईले संसदमै गरे प्रधानमन्त्रीको अपमान

काठमाडौं – एमाले सांसद योगेश भट्टराईले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको मानमर्दन गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिने क्रममा उनले देउवालाई लक्षित गर्दै हेलोहोचो गरे ।

उनले देउवाको नामै नलिइकन भने, ‘‘हामीलाई र्‍याल सिगान काढ्ने र कुर्सीमा बस्ने प्रधानमन्त्री चाहिएको होइन । काम गर्ने प्रधानमन्त्री चाहिएको हो। सबै राजनीतिक दल यो विषयमा एकमत होऔं।’ जेठ २ गते लुम्बिनीमा आयोजित एक कार्यक्रममा देउवाको र्‍याल चुहिएको भिडियो सार्वजनिक भएको थियो । त्यसैलाई आधार बनाएर अहिले एमालेजनले देउवालाई र्‍याल काढ्ने प्रधानमन्त्री भनेर कटाक्ष गरिरहेका छन् ।

संसदमा सम्बोधन गर्ने क्रममा योगेशले ७० वर्ष नाघेका नेतालाई प्रधानमन्त्री बनाउन नपाउने कानुनी व्यवस्था गरौं भनेका थिए । ‘केही विषयमा संविधान संशोधन गर्नुपर्ने हुन्छ। हामीले ५८ वर्षमा अवकाश प्रणाली राखेका छौं। तर राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ,’ उनले भने, ‘७० वर्ष नाघेका मानिसहरू राज्यका कुनै पनि चुनावमा उठ्न नपाउने व्यवस्था किन नगर्ने ?’ योगेशकै पार्टी एमाले अध्यक्ष केपी ओली पनि ७० वर्ष पुगिसकेका छन् ।

यदि ७० वर्षे उमेरहद राखे ओली पनि चुनावमा उठ्नबाट वञ्चित हुनेछन् । योगेश तिनै नेता हुन् जो सार्वजनिक जग्गा मास्ने, वन मास्ने, मन्दिर मास्ने, कोरोना नेपालमा भित्रिन सक्दैन, यो फगत हल्ला हो भन्ने, सूर्य चिन्ह नभए चुनाव जित्न सकिँदैन भन्ने गर्थे । अस्ट्रेलियामा आगलागीले जंगल सखाप हुँदा योगेशले त्यहाँ पुगेर नेपाल भ्रमण सफल पारौं भनेर जुलुस नै निकालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय