संसदमा छाए गगन थापा, प्रतिपक्षी दलका सांसद फिका सावित

काठमाडौं – केही दिनयता प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका नेता गगन थापा छाएका छन् । जनताका हरेक समस्याबारे उनले संसदमा खरो ढंगले उठाउने गरेका छन् ।

जनताका पीरमर्का, दुःख मात्र होइन, सरकारले ल्याएको बजेटमा भएका राम्रा योजनाको पनि उनले खुलेर तारिफसमेत गरेका छन् । थापाको अघि विपक्षी दलका सांसदसमेत फिका सावित भएका छन् । सोमबारको संसद बैठकमा थापाले इम्बोस्ड नम्बरबारे जनताको पीडा बोले । बुधबार किसानका पक्षमा बोले । उनले सरकार समयमा मल दिन नसक्ने, अनि सीमापारिबाट बोरामा ल्याउने कृषकहरुलाई लाठीले ठोक्ने, बुटले हान्ने भन्दै सचेत गराए ।

‘हामी किसानलाई मल दिन पनि सक्दैनौ अनि सिमनामा किसानले ल्याएको मल रोकेर बहादुरी देखाउँछौ । यो हाम्रो सामूहिक असफलता हो,’ थापाले भने । यस्तै, उनले पछिल्ला दिन काठमाडौं उपत्यकाका सडकमा थुप्रिएको फोहोरको व्यवस्थापनबारे सरकारलाई घच्घच्याउँदै आएका छन् ।

काठमाडौंको फोहोर सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्र व्यवस्थपन हुन नसक्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई पहलकदमी लिन आग्रह गरेका छन् ।

उनले काठमाडौँ महानगरपालिकाको फोहरमुक्त काठमाडौँ बनाउने अभियानलाई सक्रिय रुपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले फोहोर व्यवस्थापनमा कानुनी अड्चन फुकाउन प्रधानमन्त्रीले नै विशेष पहल लिनुपर्ने खाँचो औँल्याए ।

‘काठमाडौँको फोहोर व्यवस्थापनमा सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाले गरिरहेको काममा मद्दत गर्नु हामी सबैको कर्तव्य हो । कतिपय कुरा दुइटा निकायले चाहेर मात्रै गर्न सम्भव छैन । स्रोत साधन र कानुन नियमको गाँठो फुकाउन प्रधानमन्त्रीज्यूले नै विशेष पहल लिन आग्रह गर्दछु,’ उनले भने ।

सरकारले आफ्नो कर्तव्य पूरा गरेसँगै नगरवासीले पनि महानगरपालिकाको आह्वानबमोजिम स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्याएर राख्नुपर्ने सांसद थापाको भनाइ छ । फोहोरमुक्त काठमाडौँ अभियानलाई सफल बनाउन महानगरसँग जोडिएका अन्य नगरपालिका र सम्पूर्ण वडाहरुले सङ्घसंस्थाको साथमा काम अघि बढाउन पनि आग्रह गरे ।- मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय