त्रिवि मानविकी संकायमा चरम लापरवाही, सन् २०२० र २०२१ को प्रश्नपत्र जस्ताको तस्तैः

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय, डीनको कार्यालयले एकपछि अर्को चरम लापरवाही गर्दै आएको छ ।

स्नातकोत्तर तह तेस्रो सेमेष्टरमा पब्लिक अर्थशास्त्रको प्रश्नपत्र अघिल्लो वर्षसँग हुबहु मेल खाएको घटनाबारे अनुसन्धान जारी हुँदै गर्दा राजनीतिशास्त्र विषय पनि अलग हुन सकेन । जेठ २३ गते सञ्चालित स्नातकोत्तर तहतर्फ पहिलो सेमेष्टरको राजनीतिशास्त्र विषयतर्फ अन्तर्राष्ट्रिय राजनीति (इन्टरनेशनल पोलिटिक्स–४४३) विषयको अन्तिम परीक्षमा अघिल्लो वर्षको प्रश्नपत्र आएपछि विद्यार्थीहरु अलमलमा परेका छन् । सामान्यतया आक्लझुक्कल एकाध प्रश्न दोहोरिने गरेपनि पूरै सेट नै हुबहु हुनुले नियतवश र नियोजित रुपमा श्रृङ्लावद्ध प्रश्नपत्रहरु दोहोरिएकोप्रति गम्भीर हुनु जरुरी छ ।

अहिले सन् २०२१ को परीक्षा सञ्चालन भैरहेको र सन् २०२० को परीक्षामा आएका प्रश्नहरु सबै मेल खाएको घटना सामान्य होइन । यसले प्रश्नपत्रको गोपनीयतामाथि नै प्रश्न उठेको छ । सम्बन्धित विषय समितिको अध्यक्ष समेत रहनुभएका राजनीतिशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख रामकृष्ण तिवारी समेत प्रश्नपत्र दोहोरिएकोप्रति जिम्मेवार रहेको डीन कार्यालयका कर्मचारी बताउँछन् । मानविकी संकाय डीन प्रा.डा. कुसुम शाक्य, परीक्षा बोर्ड हेर्ने सहायक डीन प्रा.डा. तारा भुषाल, प्रशासन तथा परीक्षा गोप्य शाखामा संलग्न कर्मचारीहरुलाई तत्काल निलम्वन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन र अनुसन्धान अघि बढाउनुपर्ने देखिएको छ ।

मानविकी डीन कार्यालयमा अत्यन्तै न्यून संख्यामा कर्मचारीहरु रहेकोले समयमै परीक्षा र नतिजा सम्बन्धी कार्यहरु हुन सकिरहेको छैन । सिमित कर्मचारीको भरमा परीक्षा सम्बन्धी कार्यहरु गर्नुको भित्री रहस्य अनियमित कार्यमा लिप्त रहनुले पनि हो कि भन्ने आशंका पैदा गरेको छ ।

अन्तर्राष्ट्रिय राजनीति–४४३ को पहिलो खण्डको लामो उत्तरको १० नम्बरको तीनवटै प्रश्नपत्र हुबहु मिलेको छ । दोस्रो खण्डको ४/४ नम्बरको १० वटा प्रश्नहरु क्रमसंख्या तलमाथि गरेर सबै मिलेको देखिन्छ । २०२१ को परीक्षाको प्रश्नमा २०२० मा सोधिएको ११ नं. को प्रश्न ५ मा, १२ नं. को ६ मा, १२ नं. को ७ मा, ७ नं.को ८ मा, ८ नं.को ९ मा, ९ नं.को १० मा, १० नं.को ११ मा र ५ नं.को १२ नं.मा सोधिएको छ । ४ र १३ क्रमसंख्या भने उही रहेको छ ।
सन् २०२० र २०२१ को प्रश्नपत्र जस्ताको तस्तैः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय