हुमाकान्त पोखरेल,गुल्मी-गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक पत्रकारको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका १४ जैसिथोक निवासी ३४ बर्षिय राजु भनेर चिनिने घनश्याम पोख्रेलको मंगलबार मृत्यु भएको हो ।


पोखरेल आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपको रूखबाट लडेका थिए । उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी माधव खरेलले जानकारी दिए ।

पोख्रेल रेडियो नवलपरासीस्थित रेडियो दौदरीका स्टेसन म्यानेजर एवम् प्रेस सेन्टर नवलपरासीका अध्यक्ष हुन् । उनी भेटघाटको लागि पाँच दिनअघि घर आएका थिए । पोखरेलले विगत लामो समयदेखि नवलपरासीमा पत्रकारिता गर्दै आइरहेका थिए । भेटघाटको लागि पाँच दिनअघि पोखरेल घर आएका थिए ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here