इलाका प्रशासन कार्यालय प्रमुखलाई स्वागत

इलाका प्रशासन कार्यालय बुर्तिबाङमा आज नवागत कार्यालय प्रमुखलाई स्वागत गरिएको छ । यस अघि कार्यालय प्रमुखको जिम्मेवारीमा रहनुभएका नासु लोकबहादुर कुवँर सहित कार्यालयका कर्मचारीहरुले शाखा अधिकृतको रुपमा आउनुभएका कार्यालय प्रमुख नवराज भण्डारीलाई स्वागत गरिएको छ ।

यस अघि गुल्मीको मुसिकोट नगरपालिकामा कार्यरत अधिकृत भण्डारी, हाललाई इलाका प्रसाशन कार्यालय बुर्तिबाङमा पदस्थापन हुनुभएको कार्यालयका नासु कुवँरले जानाकारी दिनुभयो ।
कार्यालयमा

आजै हाजिर हुनुभएका कार्यालय प्रमुखलाई कार्यालयका तर्फबाट खादा अविर लगाएर स्वागत गरिएको कुवँरले जानाकारी दिनुभएको छ ।

श्रोत ढोरपाटन पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय