मुसिकोटका नगर प्रमुख खरेललाई पहिलो गाँसमै ढुङ्गा; कांग्रेसद्वारा कार्यपालिका बैठक बहिष्कार

गुल्मीको मुसिकोट नगरपालिकामा नगर प्रमुख जिवन खरेलले बिषयगत समितिहरु गठन गर्ने सम्बन्धमा काँग्रेसलाई उपेक्षा गरेको भन्दै नेपाली काँग्रेस समर्थक वडाध्यक्षहरुले कार्यपालिका बैठक बहिष्कार गरेको वडानम्बर १ का वडाध्यक्ष मोहन घिमिरेले जानकारी दिनुभयो।

सोमबार बसेको मुसिकोट नगर कार्यपालिकाको बैठकमा नगर प्रमुख जिवन खरेलले बिषयगत समितिहरु गठन गर्ने सम्बन्धमा नेपाली काँग्रेसलाई उपेक्षा गर्दै बहुमतिय हिसाबले अगाडि बढ्न खोजेका कारण नेपाली काँग्रसबाट निर्वाचित जनप्रतिनिधिहरुले आजको कार्यपालिका बैठक बहिस्कार गर्न बाध्य भएको कुरा उल्लेख गर्दै काँग्रेस मुसिकोटले आज एक प्रेस विज्ञप्ति सार्बजनिक गरेको छ ।

यसैगरि कार्यपालिकालाई सहमतिय ढंगले अगाडि बढाउनुपर्ने मुख्य दायित्व नगर प्रमुख खरेलकै भएकोले तुरुन्त विस्वासको वातावरण वनाई नगर कार्यपालिकाको बैठक सुचारु बनाउन नेपाली काँग्रेस जोडदार माग समेत गरेको छ । बिज्ञप्तिमा भनिएको छ ।

नेपालको संविधान २०७२ र अन्य प्रचलित कानुनले स्थानिय सरकारलाई सहमतिय ढंगले अगाडि बढाउनुपर्ने ब्यवस्था गरेकोमा उक्त दायित्वबाट मुसिकोट नगरको नेतृत्व च्युत हुन थालेकोले नेपाली काँग्रेसले सहमतिबाट अगाडी बढ्ने वातावरण श्रृजना गर्न निरन्तर रुपले दवाव श्रृजना गरिरहने र भर्खरै निर्वाचन सम्पन्न भएको अवस्थामा नै कार्यपालिकालाई बहुमतिय बिधिले अगाडि बढाउन खोज्ने नगर प्रमुखको काम गैरजिम्मेवार मात्र नभइ बिधि र पद्धतिको ठाडो उल्लंघन समेत हो भन्दै मुसिकोट नगरपालिकाका ९ वटा वडा मध्ये ४ वटा वडामा विजय भएको दल नेपाली काँग्रेसलाई उपेक्षा गरि अगाडी बढ्न खोजे त्यसको परिणाम नराम्रो हुने काँग्रेसले चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय