नाउ नयाँ युगको, प्रवृत्ति पुरानै निरन्तरता, #नागरिकका अपेक्षा धेरै, जनप्रतिनिधिलाई अबिरमालाकै कमि।

बिपिन विश्वास रायमाझी, गुल्मी। बैशाख ३० मा भएको स्थानीय तह निर्वाचन पश्चात् गुल्मीको मुसिकोट नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भैसकेर बिजयी उत्सव मनाएको आज १९ दिन पुगिसकेको छ।

निर्वचित प्रतिनिधिलाई सम्मान एव प्रतिनिधिले मतदातालाई धन्यवाद कार्यक्रम बिजयी उत्सव र धन्यवाद र्याली कै बेला गर्ने हैनर? यद्यपि पुग्नुपर्ने अन्य ठाउमा सन्तुलन मिलाएर अब साझा प्रतिनिधिको रुपमा पुग्नु राम्रो हुन्छ।त्यो बाहेकपनी केही एकदमै औपचारिक कायक्रम हुन्छन,जहाँ पुग्नैपर्ने हुन्छ।त्यो सिवाय अब नागरिकको अपेक्षा अनुरुप फरक परिणितिको सुरुवात गर्नुपर्ने होइन ?

अब हामी आम नागरिकलाई साच्चिकै नया जनप्रतिनिधि आएको आभास हुनुपर्ने होइन ?
यसपालि नया जनप्रतिनिधि सङ्ग नागरिक सङ्गै नयाँ पुस्ताका युवापङ्तिको अपेक्षा धेरै छ।जसको निम्तिपनी मैले सुरुवातमै सुझाव र सुभकामना मार्फत नगरप्रमुखलाई केही म लाई लागेका कुरा अनुरोध गरेको थिए,अब नागरिकका मुद्दामा जवाफदेहीता देखिनुपर्ने होइन ?
नाईत हामिलाई कागलाई बेल पाक्यो हर्ष न बिस्मात त भयो।,१)४ गतेदेखि बिजयी उत्सव मनाएर मतदातालाई धन्यवाद,कार्यक्रममा सामेल भएका जनप्रतिनिधि,आज १९ दिन सम्म
पनि टिकामाला अबिरमै रमाउने कि? आम नागरिकका , मुद्दामा नयाँ जनप्रतिनिधि आएको आभास हुने तरिकाले, प्रस्तुत हुने ?

२)यदि साच्चिकै मतदातालाई धन्यवाद सङ्गै आम नागरिक सङ्ग ,भलाकुसारी कार्यक्रम हो भने, त्याहा नव-निर्वाचित वार्ड ,अध्यक्ष र त्याहाका वार्ड सदश्यहरु सङ्गै कार्यक्रम सम्पन्न गर्दा
कति लोकतान्त्रिक र उदार सस्कार सहितको देखिदो हो। , हामी यदि देशमा,हाम्रै , गाउठाउँमा सुखद जीवनयापन गर्न चाहान्छौ।जसको निम्ति स्थानीय सरकार सबैभन्दा ,जिम्मेवार र जनप्रतिनिधिको अभिभावकत्व र निर्णय खास हुन सक्छन्। • नगरकार्यपालिकाले स्थानीय कृषि उपजको बजार ब्यबस्थापनको निम्ति आवस्यक निर्देशन दिएको समाचार आएको थियो।स्थानीय बजरमा स्थानीय उत्पादन बेच्ने कार्यक्रमको सुरुवात नहुन्जेल जस्ता निर्देशन दिएनी केही हुनेवाला छैन।

चाहे जो सुकैले गरोस्,जुनसुकै दलले गरोस्। उस्तै प्रवृत्तिको गलत गतिविधिमा खुलेरै प्रश्न उठाउन सक्दैनौ भने हामी के नागरिक?
धन्यवाद।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय