मुसिकोट गुल्मी – आर्थिक अवस्था कमजोर भएकि मुसिकोट २ मुसिकोटकि एक छात्रालाइ नेपाली काङ्ग्रेस मुसिकोटका नगर सभापति मोहन घिमिरेले आर्थिक सहयोग गर्नुभएको छ ।
उहाले महेन्द्र आदर्श नमुना मा बि मुसिकोट ७ वामीटक्सारमा कक्षा ११ मा अध्ययनरत एक छात्रालाइ नगद ८ हजार रुपैयाँ प्रदान गर्नुभएको छ । छात्रालाई अध्ययन कार्यमा आर्थिक अभाव भएको खबर घिमिरेसमक्ष आएपछि थोरै भएपनि सहयोग होस् र अध्ययन कार्यलाई सहज होस् भन्ने हेतुले सहयोग गरेको घिमिरेको भनाइ छ ।
वडाध्यक्ष घिमिरेले आफु सधै दीनदुखीको पक्षमा भएकोले यी र यस्ता खबरले आफुलाई भावुक बनाउने भन्दै यसअघि पनि विभिन्न सामाजिक अभियानसमेत संचालन गरेर सहयोगका कामहरु गर्दै स्थानीयस्तरमा दीनदुखीहरुको मनमा बस्न सफल हुनुभएको छ ।
मोहन घिमिरे हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा मुसिकोट १ पौदिअमराइबाट वडाध्यक्ष निर्वाचित हुनुभएको छ । आफ्नो वडाबाट प्रवाह हुने सेवाहरुमा उहाले विशेष गरि दीनदुखीहरुकै भावना अनुरुप काम गर्ने प्रतिवद्दता समेत जनाउनुभयो ।
