गुल्मीमा मृत अवस्थामा चितुवा फेला

२०७९ गुल्मीः गुल्मीमा जंगली चितुवा मृत अबस्थामा फेला परेको छ ।

जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्वर ३ को लूम्छामा मृत अवस्थामा चितुवा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए ।

इलाका वन कार्यालय रिडीको टोली सो स्थानमा पुग्दै गरेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए ।

मृत अवस्थामा फेला परेको चितुवालाई कसैले मारेको वा आफै मरेको भन्ने बारेमा टोली पुगेपछि मात्रै थाहा हुने सापकोटाको भनाई छ । कसैले मारेको भएमा त्यसको अनुसन्धान गरी थप प्रक्रिया अगाडि बढाइने सापकोटाले जानकारी दिए ।

आफै मरेको भएमा ताजा भए छाला निकालेर खाडल खनि गाडिने र धेरै दिनको रहेछ भने यसै गाडिने सापकोटाको भनाई छ । – खबर मार्केट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय