काठमाडौ – धितोपत्र वोर्ड धमाधम आफ्नो बलिरहेका कामहरू गरिरहेको छ । यसै बीच भर्खर मात्र २ कम्पनीलाई प्राथमिक शेयर निष्काशनको अनुमति दिएको छ ।


बोर्डले मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेड र सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । सेबाेनले वैशाख १८ गते, बुधबार दुवै कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएकाे हाे ।

सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सय कित्ता कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि अनुमति पाएकाे हाे ।

कम्पनीको आईपीओको बिक्री प्रबन्धकको एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

त्यसैगरी, मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १७ कराेड ६४ लाख ११ हजार रूपैयाँ बराबरकाे १७ लाख ६४ हजार एक सय १० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकाे हाे । कम्पनीले उक्त प्रयोजनका लागि बिओके क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here