गुल्मीमा एसियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबि भुक्तानी, अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

गुल्मीको मुसिकोटमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मृत्यु दाबि भुक्तानी,अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ७ स्थित वामीटक्सारमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीले कार्यक्रमकै अवसरमा मृत्युु दाबि भुक्तानी समेत गरेको छ । बालक गौरब खत्रीको नाममा गरेको बिमाको उनका बुवा मान बहादुर घिमिरे प्रस्तावक बस्नुभएको र उहाको मृत्यु भएकोले नियमानुसार दुइ लाख बराबरको मृत्यु दाबि भुक्तानीको चेक मृतककी पत्नी चेत चेतकुमारी घिमिरेलाइ हस्तान्तरण गरिएको एसियन लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

बिमित बालकले १६ वर्ष नपुगुन्जेल बिमा बापतको रकम तिर्नु नपर्ने र शैक्षिक प्रयोजनको लागि उनलाइ कम्पनीले मासिक २ हजारका दरले रकम हस्तान्तरण गर्नेछ,गौरब अहिले ८ वर्षका भएका छन ।

कार्यक्रममा पाल्पा शाखा अपरेसन इन्चार्ज वशन्त भुषालले बिमाका नियम,बिमाको भविष्य,आवश्यकता, प्रभाव,फाइदा र प्रकारका बारेमा प्रशिक्षण दिनुभएको थियो भने वरिष्ठ अभिकर्ता ज्ञानहरी सापकोटाले बिमा सम्बन्धि अवधारणा र महत्त्वको बारेमा जानकारी गराउदै शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

दरबार रिसोर्टमा गरिएको कार्यक्रममा ५० जना नया तथा पुराना अभिकर्ताहरुको सहभागिता रहेको थियो । बिमासम्बन्धि भ्रम र यथार्थका बारेमा अन्तरक्रिया मार्फत सहभागीहरुबिच कौतुहलताको समेत प्रश्नोत्तर भएको थियो ।

कार्यक्रममा उत्कृष्ट अभिकर्ताको रुपमा सुस्मा सापकोटा तिवारी,समिक्षा आचार्य,ज्ञानहरि सापकोटा,कृष्ण प्रसाद घिमिरे,अन्जना कक्षापति,तिलका घिमिरे लगायतलाइ सम्मानसमेत गरिएको थियो ।

गुल्मी शाखाका प्रमुख राजन केसीको सभापतित्व रहेको कार्यक्रममा समिक्षा आचार्यको स्वागत मन्तव्य रहेको थियो भने सन्चालन विष्णुप्रसाद आचार्यको रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय