गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको इस्मा गाउँपालिका–२ रातडाँडा निवासी ४१ वर्षका झविलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए । कुमाल शनिबार दिउँसो छल्दी पनाहा खोलमा माछा मार्न गएका थिए । उनलाई स्थानीयले मृत्यु भएको अवस्थामा देखेपछि शव पानीबाट निकाली प्रहरीलाई खबर गरेका थिए ।

शव पोष्टमार्टका लागि गुल्मी अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भरहेको प्रहरीले जनाएको छ । – अनलाईखबरबाट

यो पनि पढ्नुहोस् – २१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार १८४ नमुना परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो । ९५७ पीसीआर परीक्षणमा ८ जना र एक हजार २२७ एन्टिजन परीक्षणमा पनि ८ जना नै संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या भने ९ रहेको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ११० रहेको छ । मन्त्रालयका अनुसार हालसम्म एक करोड ८४ लाख ५२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय