विद्यालयद्वारा जनप्रतिनिधीलाई सम्मान,वडाध्यक्ष रमेशद्वारा खड्कदेवी प्राविका विद्यार्थीहरुलाई छात्रवृतिको घोषणा

मुसिकोट गुल्मी – श्री खड्कदेवी प्राथमिक विद्यालय मुसिकोट ८ भलेकाले नयाँ जनप्रतिनिधीलाई स्वागत गरेको छ । सोही अवसरमा विधार्थीलाई पोसाक वितरण समेत गरिएको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर ८ का अध्यक्ष रमेश विश्वकर्माले कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै विद्यालयमा रहेका बालबालिकाहरुलाई व्यक्तिगत रुपमै छात्रावृति प्रदान गर्ने घोषणा गरेका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेशम नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गरिब जेहेन्दार बालबालिकाहरुलाई शिक्षामा प्रोत्साहान गर्ने गरी व्यक्तिगत रुपमा छात्रावृति वितरण गर्ने घोषणा गरेका हुन्

वडाको तर्फबाट विद्यालयको विकासको निम्ती सबै किसीमका पहलहरु गर्ने भन्दै उनले विद्यालयमा गुणस्तरीय शिक्षा र पूर्वाधारको विकासमा वडा तथा नगरपालिका केन्द्रीत रहने बताएका थिए ।

सो अवसरमा बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरिएको थियो । कार्यक्रममा विद्यालय परिवारले वडाध्यक्ष बिकसहित वडा सदस्यहरु चन्द्र बहादुर घर्ती र हीरा बहादुर नेपालीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएको थियो ।

विद्यालयका प्रधानाध्यापक सम्झना काफ्लेको स्वागत रहेको सो कार्यक्रमको सञ्चालन शिक्षिका अम्विका सापकोटाले गरेकी थिइन् ।(शिखर अनलाइन)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय