रोकिराखेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका १५ अक्कलघरुवामा रोकिराखेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सडक छेउमा रोकिराखेको भे १ त ८९७६ नम्बरको ट्याक्टरमा गएराति साढे ११ बजे भे ४ प १०३३ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक बाँकेको खजुरा गाउँपालिका ५ का ३३ वर्षीय सुमन शर्माको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरसहित चालकलाई अस्थायी प्रहरी पोष्ट हबल्दारपुर बाँकेले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय