बडिगाड गाउँकार्यपालिकाको पहिलो बैठक : प्रत्येक वडामा अनलाईन मार्फत राजश्व संकलन गरिने

सागर भण्डारी,बडिगाड । बागलुङको बडिगाड गाउँपालिका गाउँकार्यपालिकाको पहिलो बैठक विभिन्न महत्वपूणर् निणर्य गर्दै सम्पन्न भएको छ ।

गाउँकार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाको सबै वडामा अनलाईन सफ्टवेयर मार्फत राजश्व सकंलन गर्ने निणर्य गरेको छ । कर सेवा प्रणालीलाई व्यवस्थित र झन्झटमुक्त बनाई नागरिकलाई सरल र सहज सेवा दिन अनलाईन मार्फत राजश्व सकंलनको व्यवस्था मिलाउने निणर्य गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । यसले वडामा सकंलन भएको राजश्व गाउँपालिकाबाट उतिबेलै हेर्न सकिने र दैनिक रुपमा कति राजश्व सकंलन भयो भनेर तथ्याङ्क निकाल्न समेत सहज हुने उहाँको भनाई छ ।

त्यस्तै बैठकले नवनिर्वाचित गाउँपालिकाका जनप्रतिधिहरुलाई क्षमता तथा नेतृत्व विकास सम्बन्धी तालिम सञ्चालन गर्ने निणर्य पनि गरेको छ । जनप्रतिनिधिहरुलाई काम कर्तव्य र अधिकारका विषयमा जानकारी गराई विषयगत क्षेत्रको बारेमा सक्षम र सबल बनाउन यस्तो तालिम दिने निणर्य गरिएको गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले जानकारी दिनुभयो ।

प्रथम बैठकले विभिन्न विषयगत समितिहरु पनि गठन गरेको छ । जसमध्ये गाउँपालिका उपाध्यक्ष भिमसेन वनको सयोंजकत्वमा स्थानीय राजश्व परामर्श समिति र बजेट तथा कार्यक्रम तर्जुमा समिति, गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको सयोंजकत्वमा स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति,मिलन रेश्मीको सयोंजकत्वमा पूर्वाधार विकास समिति,विष्णु प्रसाद आचार्यको संयोजकत्वमा वातावरण तथा विपद व्यवस्थापन समिति,कृष्ण बहादुर केसीको सयोंजकत्वमा सार्वजनिक सेवा तथा क्षमता विकास समिति,बोम बहादुर थापाको सयोंजकत्वमा आर्थिक विकास समिति,दिपेन्द्र प्रताप केसीको सयोंजकत्वमा सामाजिक विकास समिति र विरेन्द्र बुढाको सयोंजकत्वमा विधेयक समिति गठन गरिएको छ । बैठकले कार्यपालिकाको बैठकमा पालना गर्नुपर्ने आचारसहिंता र योजनाको फरफारक सम्बन्धी पनि महत्वपूणर् निणर्य गरेको छ ।

बैठकले गत बैशाख ३० गते स्थानीय तह सदस्यको निर्वाचन निष्पक्ष, भयरहित र शान्त वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने बडिगाडबासी नागरिक, राजनीतिक दलहरु, निर्वाचन अधिकृतको कार्यालय, सुरक्षाकर्मी, पत्रकार, कर्मचारी र सबै सहयोगीहरुमा धन्यवाद ज्ञापन गरेको छ । त्यस्तै पूर्व पदाधिकारीहरुलाई पनि धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय