गुल्मीमा  साढे ४ अर्बभन्दा बढीको बजेट विनियोजन

गुल्मी ।गुल्मीमा आर्थिक बर्ष २०७९/०८० का लागि साढे ४ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ।

दुइ नगरपालिका र दस गाउँपालिका रहेको गुल्मीमा ४ अर्ब ५१ करोड ९६ लाख बजेट विनियोजन गरिएको छ।

मुसिकोट नगरपालिकाको लागि ४८ करोड ५२ लाख बजेट छुट्याइएको छ भने  रेसुङ्गा नगरपालिकामा कुल ४१ करोड १३ लाख बजेट छुट्याइएको छ।

गाउँपालिकातर्फ सबैभन्दा बढी बजेट धुर्कोटका लागि ४० करोड ६३ लाख छुट्याइएको हो।मालिका गाउँपालिकाको लागि ३९ करोड १५ लाख रुपैयाँ बजेट छुट्याइएको छ। छत्रकोट गाउँपालिकाको लागि ३८ करोड ५८ लाख रुपैयाँ बजेट छुट्याईएको छ।

यसैगरी इस्मा गाउँपालिकाको लागि ३१ करोड ३ लाख बजेट छुट्याइएको छ। कालीगण्डकी गाउँपालिकाको लागि ३४ करोड ४३ लाख बजेट तय गरिएको छ। गुल्मी दरबारको लागि ३२ करोड १९ लाख बजेट विनियोजन गरिएको छ।

चन्द्रकोट गाउँपालिकालाई ३३ करोड ८४ लाख बजेट छुट्याइएको छ। मदाने गाउँपालिकाका लागि ३८ करोड २० लाख बजेट छुट्याइएको छ। रुरुको लागि कुल ३६ करोड १६ लाख बजेट छुट्याइएको छ। सत्यवति गाउँपालिकाको लागि कुल ३८ करोड १० लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय