नेपाल बैंक लिमिटेड वामीटक्सार शाखामा आजदेखि एटीएम सेवा सुरु

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीटक्सारस्थित नेपाल बैंक लिमिटेडले आजदेखि एटीएम सेवाको सुरुवात गरेको छ ।

गत वर्ष जेठ महिनाको २६ गतेदेखि वामीटक्सारमा शाखाको रुपमा सेवा सुरु गरेको बैंकले आजदेखि ग्राहकको बढ्दो माग र आवश्यकतालाइ मध्यनजर गर्दै एटीएम सेवा सुरु गरेको शाखा प्रबन्धक राजु अर्यालले जानकारी दिनुभयो ।अत्यावश्यक रुपमा नगदको आवश्यकता महशुस हुदा कार्यालय नखुलेको समयमा पनि सेवा प्रवाहमा सहज हुने भएकोले सेवाग्राहीको आर्थिक कारोबारको अधिकतम महत्त्व बुझि यो सेवा सुरु गरिएको अर्यालको भनाइ छ ।

गुल्मी जिल्लाको हकमा ३ ठाउबाट सेवा प्रवाह गरिरहेको बैंकले वामीटक्सार शाखा र तम्घास शाखामा आजैदेखि एकसाथ एटीएम सेवा सुरु गरिएको बताइएको छ ।

 

एटीएम सेवा सुरु भएपछि अत्यावश्यक रुपमा आर्थिक कारोबारको रुपमा आइपर्ने सेवाको सहजीकरणको लागि र लाइन बसेर पालो पर्खनुपर्ने झन्झटबाटसमेत सेवाग्राहि मुक्त हुने बैंकले विश्वास गरेको छ ।

छोटो समयमै समुदायमा लोकप्रियता कमाएको यस बैंकले सुनचाँदी कर्जासमेत लगानी गरिरहेको छ साथै निक्षेपतर्फ सामान्य बचत खातामा ६.०३प्रतिशत,कर्मचारी तलब खातामा ७.०३प्रतिशत र मुद्दतितर्फ सस्थागततर्फ १०.०३ प्रतिशत,व्याक्तिगततर्फ ११.०३ प्रतिशत ब्याज प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

नेपाल सरकारलाइ बुझाउनुपर्ने कर ,त्रिभुवन विश्वविद्यालय र लोकसेवा आयोग लगायतका संघसस्थाहरुको आर्थिक कारोबारहरु समेत बैंकले गर्दै आईरहेको छ ।

नेपालकै पहिलो बैंकको रुपमा सेवा प्रवाह सुरु गरेको यस बैंकले हालसम्म देशभर २१९ वटा शाखाहरुबाट सेवा प्रवाह गरिरहेको छ ।

चालु आर्थिक वर्षमा यस बैंकले देशभरमै निक्षेप संकलन र कर्जा लगानी वृद्दिमा प्रथम स्थानमा रहन सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय