हार्छौं तर जनताविरुद्ध जाँदैनौं  कांग्रेस वरिष्ठ नेता  पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस हार व्यहोर्न तयार रहेको तर राष्ट्र र जनताको विरुद्ध उभिन तयार नरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सामाजिक सञ्जालमार्फत जवाफ फर्काउँदै नेता पौडेलले इतिहासमा धेरैपटक कांग्रेसले हारेर पनि देश र जनता बचाउने काम गरेको बताएका हुन् । प्रचण्डले आज माओवादी जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै ‘कांग्रेसले अहंकार बढाएमा एमालेलाई झै ठेगान लगाउने’ बताएका थिए ।

ट्वीटरमा प्रचण्डलाई मेन्सन गर्दै पौडेलले लेखेका छन्, ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ । त्यसैले हामी हार व्यहोर्न तयार छौं तर राष्ट्र , जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं !’- नेपाल प्रेस

यो पनि पढ्नुहोस् – काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को बैशाख मसान्तसम्ममा साढे ४ अर्ब बढीको विद्युतीय सवारी साधान आयात भएको छ । भन्सार विभागका अनुसार चालु आवको १० महिनाको अवधिमा ४ अर्ब ५२ करोड ६८ लाख ३ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी नेपाल भित्रिएको हो ।

उक्त अवधिमा विभिन्न तौल क्षमताको १ हजार ५५१ थान विद्युतीय कार, भ्यान र जीप आयात भएको हो । विद्युतीय सवारी साधान आयातबाट सरकारले १ अर्ब ३३ करोड ४८ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

उक्त अवधि सबैभन्दा बढी सवारी छिमेकी मुलुक चीनबाट आयात भएको छ । चीनबाट बैशाख मसान्तसम्ममा २ अर्ब ३८ करोड ४७ लाख ८० हजार रुपैयाँ बराबरको विद्युतीय कार, जीप र भ्यान नेपाल भित्रिएको हो । उक्त अवधिमा चीनबाट ८०१ वटा सवारी आयात भएको हो । विभागका अनुसार चीनबाट १०० किलोवाट तौल क्षमताका १४५ वटा र १५० देखि २०० किलोवाटका ६५६ वटा विद्युतीय सवारी आयात भएको हो ।

यस्तै, अर्को छिमेकी मुलुक भारतबाट १०० किलोवाट तौल क्षमता भएका ५५५ वटा सवारी आयात भएको हो । चालु आवको वैशाख मसान्तसम्ममा १ अर्ब ३८ करोड ४९ लाख ७४ हजार रुपैयाँ बराबरको विद्युतीय कार, जीप र भ्यान आयात भएको हो ।

त्यसैगरि चालु आवको १० महिनामा गणतन्त्र कोरियाबाट ५६ करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको हो । उक्त मुलुकबाट चालु आवको बैशाख मसान्तसम्ममा १०० किलोवाट तौल क्षमता भएका १०४ वटा र १०० देखि २०० किलोवाटसम्मका ४४ वटा गरि कुल १४८ थान विद्युतीय सवारी नेपाल भित्रिएको हो ।

यता, चालु आवको १० महिनको अवधिमा अमेरिकाबाट ७ करोड ८४ लाख ३३ हजार रुपैयाँ बराबरको १८ वटा विद्युतीय सवारी नेपाल भित्रिएको छ । अमेरिकाबाट १०० देखि १५० किलोवाट तौला क्षमताका १३ वटा, १०० देखि २०० किलोवाटसम्मका १, २०० देखि ३०० किलोवाट तौल क्षमताका २ र ३०० भन्दा बढी तौल क्षमता भएका २ थान विद्युतीय सवारी आयात भएको छ ।

उक्त अवधिमा जापानबाट १० करोड ८८ लाख २ हजार रुपैयाँ बराबरको २८ थान ( १५० देखि २०० किलोवाट तौल क्षमताका) कार, जीप र भ्यान नेपाल भित्रिएको हो । विभागका अनुसार चालु आवको बैशाख मसान्तसम्ममा फ्रान्सबाट ३४ लाख ६२ हजार रुपैयाँ बराबरको १ थान विद्युतीय सवारी आयात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय