दुर्गाभवन माध्यमिक विद्यालयको वार्षिक उत्सव बुधबारदेखि हुने

महेन्द्र कौशल। गुल्मीको दुर्गा भवन माध्यमिक विद्यालयको ६४औं वार्षिकोत्सव जेठ १८ गते देखि सुरु हुने भएको छ। मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा रहेको सो विद्यालयको जन्मोत्सव आउँदो जेठ १८,१९ र २० गते हुने गरि तैयारी थालिएको छ।

जेठ १८ र १९ गते विद्यार्थीका लागी विभिन्न खेलकुद तथा मनोरन्जनात्मक कार्यक्रमहरु (हाइ जम्प,लङ्ग जम्प,ट्रिपल जम्प,भलिबल खेल,लोक नित्य, क्यासेट डान्स,) आदी हुने र २० गते प्रमुख अतिथीद्वारा कार्यक्रम उद्घाटन, अभिभावक भेला,अभिभावकका लागी कुर्सि दौड, विद्यार्थीको पीटी प्रदर्शन,क्लब स्तरीय भलिबल खेल फाइनल लगायतका कार्यक्रम हुने गरि तैयारी गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद भट्टराईले जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख आतिथ्यता मुसिकोटका नवनिर्वाचित नगरप्रमुख जीवलाल खरेल (जीवन), विशिष्ट अतिथी नगर उपप्रमुख गङ्गा श्रेष्ठ, मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, वडा अध्यक्ष ऋषिस्वर अर्याल लगायत विभिन्न क्षेत्रबाट उपस्थिति रहने कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिस्वर अर्यालले  जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय