मुसिकोट नगरपालिकाले शिक्षक छनोट प्रक्रियामा लाहपर्बाही गरेको सहभागीहरुको आरोप

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले शिक्षक छनोट प्रकियामा लाहपर्बाही गरेको दुइ परिक्षार्थीहरुले आरोप लागाएका छन् ।

मुसिकोट नगरपालिकाले विभिन्न तहको लागि आवश्यक शिक्षकका लागि जेठ १४ गते शनिबार श्री महेन्द्र आदर्श नमुना माविमा संचालन भएको माबि तह अंग्रेजी बिषयका लागि संचालित परिक्षाको नतिजा प्रकाशन भएको नतिजामा सफल उम्मेदवारको नाम भएको तर कुनै कारण नखुलाई ती परीक्षार्थीहरुलाई दोश्रो पत्रमा समाबेश नगरेपछि उक्त परिक्षा पुनः संचालन गर्न माग गर्दै २ परीक्षार्थीले नगरपालिकामा निबेदन पेस गरेका छन् ।

नगरपालिका जस्तो जिम्मेवार निकायले एक पटक सार्वजनिक गरिसकेको नाम कुनै कारण नखुलाई काटिनुले शिक्षक छनोट समिति र नगर शिक्षा माथि प्रश्न चिन्ह खडा भएको उनीहरुको आरोप रहेको छ ।

उक्त निबेदन पेस गर्नेमा परिक्षामा सहभागी लक्ष्मी पाण्डे र मिना कुमारी पाण्डे रहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय