बडिगाड गाउँपालिकालाई महिलामैत्री बनाउँछौँ : अध्यक्ष अधिकारी

बडिगाड । बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले गाउँपालिकालाई महिलामैत्री बनाउने बताउनुभएको छ ।

गाउँपालिकाले आयोजना गरेको चौँथो महिला अधिकार दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले बडिगाड गाउँपालिकालाई महिलामैत्री पालिका बनाउँदै १ वर्षमा कम्तिमा पनि १० जना महिला उद्यमी तैयार गर्ने गरी आफुहरुले कार्यक्रम बनाएको बताउनुभयो ।

त्यस्तै प्राणघातक रोगहरुको निराकरणका लागि वर्षको एकपटक निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने, सुत्केरी महिलालाई ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने र स्वास्थ्य संस्थासम्म सुत्केरी हुन जाने गर्भवती आमाहरुलाई यातायात खर्च निशुल्क पाउने लगायतका कार्यक्रमहरु गाउँपालिकाले सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । ५ वर्षको अवधीमा महिलाले नेतृत्व गरेको नमुना बडिगाड भन्ने गरी आफुले काम गर्ने उहाँको भनाई थियो ।

अधिकारीले दिवसकै लागि मात्र नभएर सिकाई प्रदान गर्ने गरी कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले नेपाली समाज अझै पनि महिलाको नेतृत्व स्वीकार गर्न तैयार नरहेकाले महिलाहरुप्रति विश्वास बढाउन यस्तो परिवेशलाई चिर्दै अगाडी बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले सविंधानले व्यवस्था गरेको अधिकारलाई सदुपयोग गर्दै गाउँपालिकाका साना ठुला आयोजनामा महिलाहरुलाई नेतृत्व तहमा रहेर काम गर्न सुझाव दिनुभयो । थापाले महिलाहरुले आफ्नो स्वनिणर्य आफै गर्न नसक्ने अवस्था रहेकाले घर परिवार,समाज सबैको बोझ बोकेर हिँड्नुपर्दा काम गर्न अफ्ठ्यारो भएपनि ईच्छाशक्ति भए अवश्य सफल भईने र सामाजिक नेतृत्वमा आउने बताउनुभयो । उहाँले महिलाहरुलाई परिवारको परिचयबाट नभएर आफ्नो छुट्टै पहिचान बनाउनुपर्ने समेत बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भिमसेन वनले बडिगाड गाउँपालिकामा वडादेखि गाउँपालिकासम्म मेलमिलाप केन्द्रको स्थापना गरी ससाना घटनाहरुको सहजीकरण गरिने बताउनुभयो । विगतमा गाउँपालिकामा मेलमिलाप केन्द्र नहुँदा विभिन्न अन्यायमा परेका पीडितहरुले बागलुङसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै आफुहरु निर्वाचित भएपश्चात नै मेलमिलाप केन्द्रको गठन गर्ने पहिलो निणर्य गरेको समेत स्पष्ट पार्नुभयो ।

उहाँले कानुनका विषय र कार्यान्वयनका सवाल निकै जटिल रहेपनि स्थानीय सरकारले सम्बोधन गर्न सक्ने विषयहरुलाई प्रमुख प्राथमिकतामा राखेर अगाडी बढ्ने समेत बताउनुभयो । उहाँले महिला हिसां न्यूनिकरण र महिलाहरुको उत्थानका लागि नेतृत्व विकासका कार्यक्रमहरु, अन्य व्यवसायिक सीपमूलक तालिमहरु लगायतका महत्वपूणर् कार्यक्रमहरु सञ्चालन गरिने समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय