सौन्दर्य सामग्रीमा बढ्यो कर, दन्तमञ्जन र अगरबत्तीमा पनि अन्तशुल्क बढाइयो

काठमाडौं । सरकारले सौन्दर्य सामग्रीमा कर बढाएको छ । अन्तःशुल्क बढाएर सौन्दर्य सामग्रीको आयात निरुत्साहन गर्ने नीतिअनुसार सरकारले कर बढाएको हो ।

आर्थिक विधेयक २०७९ अनुसार ओठ सज्जाका सामग्रीमा ५ प्रतिशत रहेको अन्तःशुल्क १५ प्रतिशत पुगेको छ । आँखा सजाउने समाग्रीको अन्तशुल्क दर पनि ५ बाट १५ प्रतिशत बनाइएको छ ।नङपालिस, अनुहारमा लगाउने क्रिम, शरीरमा लगाउने लोसन, पेट्रोलियम जेली लगायतको अन्तशुल्क कर पनि ५ प्रतिशतबाट १५ प्रतिशत कायम भएको छ ।

स्याम्पु, कपाल सिधा र घुमाउरो बनाउने मेसिन, कपाल रङ्गाउने रसायन, कपालमा लगाउने तेल, रङ, क्रिम, कन्डिसनरमा पनि अन्तशुल्क १० बाट १५ प्रतिशत पुगेको छ ।दन्तमञ्जन, डेन्टल फ्लस, दाह्री काट्ने सामान, पसिना र गन्ध हटाउने सामग्रीहरु तथा अगरबत्तीसम्मको अन्तःशुल्क पनि १० प्रतिशतले बढाइएको छ ।

यो पनि पढ्नुहोस् – इ काठमाडौं । सरकारले विभिन्न गरम मसलाजन्य खाद्यवस्तु, ड्राइफुड तथा जंकफुडसहित इनर्जी ड्रिंक्स लगायतका खाद्यवस्तुमा अन्तःशुल्क र भन्सार दर बढाएको छ । अब आयात हुने इनर्जी ड्रिंक्सदेखि आयात हुने फलफूल पनि महँगिने भएको छ ।

सरकारले आर्थिक विधेयक २०७९ मार्फत नरिवलमा अन्तःशुल्कदर ५ बाट १५ प्रतिशत पुर्याएको छ । बदाम, काजु र पिस्ता पनि १५ प्रतिशत पुगेको छ । सुपारी (आरिक नट)मा अन्तशुल्ल्क प्रतिकिलो २५ बाट १०० रुपैयाँ पुगेको छ ।

मरिच र दालचिनी पनि अन्तःशुल्क दर १५ प्रतिशत कामय भएको छ । ससेज र मासुमा आधारित खाद्य पदार्थमा अन्तःशुल्क १० बाट १५ भएको छ ।

चुइगममा १० बाट १५, गुलियो कोको धुलो ५ बाट १५, फ्रेन्च फ्राइमा १० बाट १५, केराउमा अन्तःशुल्क १० बाट १५ प्रतिशत पुगेको छ । सिमी, कुरिलो, जैतुन, गुलियो मकै, बाँसको तामा र अमिलो फलफूलको आयातमा लाग्ने अन्तःशुल्क पनि १० बाट १५कायम भएको छ ।

मम्फली बदाम, भुटेको चना, भुइँकटहर, नास्पाती लगायतका फलफूलमा पनि अन्तःशुल्कदर ५ बाट १५प्रतिशत कामय भएको छ । दालमोठ, नमकिन, भुजियामा पनि अन्तःशुल्क ५ बाट बढाएर १५ प्रतिशत बनाइएको छ । सुर्तिरहित पान मसलामा प्रतिकेजी ८२१बाट ८२१ रुपैयाँ र सुर्तिरहित सुगन्धित सुपारी प्रतिकेजी २८१बाट ३५० रुपैयाँ कायम भएको छ ।

इनर्जी ड्रिंक्समा प्रतिलिटर १०० रुपैयाँ भन्सार शुल्क पुर्याइएको छ भने अन्तःशुल्क लिटरमा रहेको ३६ बाट ५० रुपैयाँ बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय