तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौं । हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ । ‘स्थानीय शेर्पाहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेका छन्,’ नेपाली सेनाका प्रवक्ता सिलवालले अनलाइनखबरसँग भने, ‘त्यहाँसम्म हाम्रो टोली पुग्ने प्रयासमा छ ।’

यो पनि पढ्नुहोस् – काठमाडौं । सरकारले सौन्दर्य सामग्रीमा कर बढाएको छ । अन्तःशुल्क बढाएर सौन्दर्य सामग्रीको आयात निरुत्साहन गर्ने नीतिअनुसार सरकारले कर बढाएको हो ।

आर्थिक विधेयक २०७९ अनुसार ओठ सज्जाका सामग्रीमा ५ प्रतिशत रहेको अन्तःशुल्क १५ प्रतिशत पुगेको छ । आँखा सजाउने समाग्रीको अन्तशुल्क दर पनि ५ बाट १५ प्रतिशत बनाइएको छ ।नङपालिस, अनुहारमा लगाउने क्रिम, शरीरमा लगाउने लोसन, पेट्रोलियम जेली लगायतको अन्तशुल्क कर पनि ५ प्रतिशतबाट १५ प्रतिशत कायम भएको छ ।

स्याम्पु, कपाल सिधा र घुमाउरो बनाउने मेसिन, कपाल रङ्गाउने रसायन, कपालमा लगाउने तेल, रङ, क्रिम, कन्डिसनरमा पनि अन्तशुल्क १० बाट १५ प्रतिशत पुगेको छ ।

दन्तमञ्जन, डेन्टल फ्लस, दाह्री काट्ने सामान, पसिना र गन्ध हटाउने सामग्रीहरु तथा अगरबत्तीसम्मको अन्तःशुल्क पनि १० प्रतिशतले बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय