साझा मन्च मुसिकोटको दोश्रो नगर भेला सम्पन्न

विष्णु प्रसाद आचार्य मुसिकोट गुल्मी / नबखबर

दलित साझा मन्च मुसिकोट नगरपालिकाको दोश्रो नगरभेला सम्पन्न भएको छ । मुसिकोट नगरपालिका ७ वामी स्थित रुद्रावती बहुमुखी क्याम्पसको हलमा भएको कार्यक्रमको लुम्बिनी प्रदेश साम्सद खड्क केसिले शनिबार उद्घाटन गर्नुभएको हो । एक्काइसौं शताब्दिसम्म आइपुग्दा पनि दलित र गैर दलितबिचको खाडल उत्तिकै गहिरो रहनु, संविधानमा दलित सम्बन्धी र समानता सम्बन्धी हक अधिकारको व्यवस्था हुनु, ठुला ठुला आन्दोलन हुनु तर त्यसको ब्यबहारिकता नहुनुले यी र यस्ता समस्याको निराकरण होस भन्ने हेतुले दलित एकताको लागि नगर भेला आयोजना गरिएको दलित अगुवा गोबिन्द बिक ले बताउनुभयो ।

कार्यक्रममा प्रदेश साम्सद खड्क केसि प्रमुख अतिथिको रुपमा बोल्दै यो दलित मात्रको समस्या नभई  राज्यको समस्या भएकोले राज्यले संविधानको मौलिक हकमा नै दलितको हक सुरिक्षित गरिएको भन्दै बिगतको तुलनामा छोइछिटो हाल्ने समाज आज धेरै कदम माथी उठेको उहाले दाबी गर्नुभयो।समस्या मात्र नभई सुधार भएका पक्ष हेर्ने हो भने धेरै परिवर्तनको महशुस गर्न सकिने उहाको भनाइ थियो ।

अतिथिको रुपमा बोल्दै नेपाली काङ्ग्रेसकी जिल्ला सचिव बिष्णु कुमारी सापकोटाले कामको आधारमा जातियताको बिभाजन गरिएपनी पछि त्यसलाइ गतल ब्याख्या गरिएकोले यसलाइ सुधार्नुपर्ने धारणा ब्यक्त गर्नुभयो,जातलाइ ठूलो नमानेर कामलाइ ठूलो मान्नुपर्छ तबमात्र परिवर्तन आफैबाट सुरु हुन्छ भन्दै दलितहरुलाइ गैर दलितहरुले गलतरुपमा प्रयोग गरेको र दलितहरुपनी गलत रुपमै प्रयोग भैदिनाले त्यसको असर दोहोरिइरहेको उहाले बताउनुभयो । नेपाली काङ्ग्रेसले दलितमाथि विभेद गर्नेहरुको पार्टीको कृयाशिल सदस्यता नविकरण समेत नगर्ने कुरा उल्लेख गर्नुभयो !

मुसिकोट नगरपालिकाका आर्थिक विकास समिती संयोजक तथा वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफले बोल्दै सरकारले बिभेदकारी नीति नभएर समान ब्यवहारको नीति ल्याएकोले यसको लागि आफ्नो र स्थानिय सरकारको पुर्ण सहयोग रहेको र सधै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा नेता गणेश श्रीपाली अतिथिको रुपमा बोल्दै दलितहरुबिच नै विभेद हुनु दु:खद भएकोले दलितहरु आफै सच्चिएर अरुलाइ खबरदारी गर्नुपर्ने धारणा उहाले ब्यक्त गर्नुभयो । गैरदलित भन्दैमा सबैलाइ एउटै तुलोमा जोख्न नहुने भन्दै दलित आन्दोलनमा सहयोगिमनहरुलाइ धन्यवाद दिनुपर्ने उहाको धारणा थियो ।

कार्यक्रममा अर्का अतिथि नेकपा नगर अध्यक्ष खुम बहादुर थापा बोल्दै सिद्धान्तले समानताको नारा भजाउने तर ब्यबहारले माथी उठ्न नदिने प्रबृत्तिले विभेद हुने गरेको बताउनुभयो । कार्यक्रममा दलित अगुवा नेता तथा नेकपा नेता गोबिन्द बिकले बोल्दै मानव बनेर मानविय व्यबहारको अपेक्षा गर्नुपर्ने सन्सारकै ठूलो दुखको कुरा रहेको उहाको भनाइ थियो

त्यस्तै नेपाल शिक्षक महासङ्घ गुल्मिका सचिव रामकृष्ण कडेल कार्यक्रममा बोल्दै कुनै पार्टि वा ब्याक्ती बिशेषले समानताको घोषणा गरेर नहुने भन्दै सरकारले नै कार्यक्रम अगाडि बढाउनुपर्नेमा उहाको जोड थियो । कार्यक्रममा अर्जुन परियार लगायतले बोल्नुभएको थियो ।

उक्त कार्यक्रममा मुमबहादुर परियारको अध्यक्षता तथा चन्द्र रसाईली सचिब रहने गरी दलित साझा मन्च मुसिकोट नगरपालिका गुल्मीको नगर कार्य समिति गठन भएको बताइएको छ।

कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष नारायण सपकोटा, नगरकार्यपालिका सदस्य,दलित अधिकारकर्मी, पत्रकार, जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो। प्रदेश साम्सद खड्क केसी द्वारा ब्यानर पढेर उद्घाटन गरिएको थियो ।

कार्यक्रममा शहिदको सम्झनामा १ मिनट मौन धारण समेत गरिएको थियो । प्रबिना परियारको स्वगत मन्तब्यसङ्गै सुरु भएको कार्यक्रममा साझा मन्चका नगर अध्यक्ष मुम बहादुर परियारको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन सचिव चन्द्र रसाइलीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय