नदीमा डुबेर दुई बालककाे मृत्यु

धनगढी । कैलालीको माेहना नदीमा डुबेर दुई जना बालककाे मृत्यु भएकाे छ ।

धनगढी उपमहानगरपालिका -३ स्थित धनगढीलाई कञ्चनपुरकाे राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालककाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका -३ विशालनगरका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय बुष्णु गुप्ता रहेका उनले बताए । उनीहरू मध्ये चाैधरी नदीमा डुबेपछि निकाल्न गएका गुप्ताकाे पनि डुबेर मृत्यु भएकाे प्रहरीको भनाइ छ । दुवै जनाकाे शव नदीबाट निकालेर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएकाे छ ।

यो पनि पढ्नुहोस – काठमाडौं । पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरले जनाएको छ ।

तारा एयरले प्रेस विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु स्ट्यान्डबाइ राखिएको जनाएको छ । मोसममा सुधार आउन साथ हवाईमार्गबाट खोजी कार्य पुनः सुरु गर्ने तारा एयरले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी कम्पनीले दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय