माबि लाइसेन्सको प्रवेशपत्र कसरि प्रिन्ट गर्ने  ?

काठमाडौं /१४ जेठ-शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको प्रवेशपत्र प्रिन्ट गर्न आग्रह गरेको छ ।

असार १८ सञ्चालन हुने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रवेशपत्र प्रिन्ट गर्न परीक्षार्थीलाई आग्रह गरेको हो । आयोगबाट २०७८ चैत्र ३० गते प्रकाशित माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन २०७८ बमोजिम दरखास्त फाराम भरेका व्याक्तिहरुलाई प्रवेशपत्र प्रिन्ट गर्न आग्रह गरेको छ ।

प्रवेशपत्र प्रिन्ट गर्नका लागि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली बाट दरखास्त फाराम भर्दा रजिष्टर्ड गरिएको इमेल एडड्रेस र पासवर्ड लगइन गर्ने र दरखास्त पेश गरेको विवरणमा क्लिक गरी पुनः भ्युमा क्लिक गरी प्रवेशप्रत्र डाउनलोड गरेर प्रिन्ट गर्न सकिने सूचनामा उल्लेख गरेको छ ।

याहाँबाट प्रिन्ट गर्न सकिन्छ :https://license.tsc.gov.np/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय