देशका ठूला सहरमा ठूला दलमाथि स्वतन्त्र उम्मेदवारको धावा, १३ स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी

काठमाडौं – यसपटकको स्थानीय निर्वाचनमा प्रमुख दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपालगायतका दलमाथि स्वतन्त्र उम्मेदवार हाबी भएका छन् ।

अघिल्लो स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार नगन्य देखिएका थिए । तर, यसपटक देशका ठूला सहर नै स्वतन्त्र उम्मेदवारहरूले कब्जा गरेका छन् । स्थानीय निर्वाचनमा एक महानगर र तीन उपमहानगरसहित १३ पालिकामा स्वतन्त्र उम्मेदवारले विजयी प्राप्त गरेका छन् । जसमा बालेन्द्र साह (काठमाडौं महानगर), हर्क साम्पाङ (धरान उपमहानगर), मनोजकुमार साह सुडी (जनकपुरधाम उपमहानगर) र गोपाल हमाल (धनगढी उपमहानगर) को प्रमुखमा विजयी भएका छन् ।

यसबाहेक स्वतन्त्र उम्मेदवारहरू प्रह्लादकुमार क्षेत्री (बर्दिबास नगरपालिका, महोत्तरी), राजुसिंह कठायत (चन्दननाथ नगरपालिका जुम्ला) र कमलबहादुर शाही (खाँडाचक्र नगरपालिका, कालिकोट) को प्रमुखमा विजयी भएका छन् ।

स्वतन्त्रतर्फबाटै दौलथकुमार कुलुङ राई (साल्पासिलिछो गाउँपालिका, भोजपुर), ज्ञानेन्द्र रुम्दाली (मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुंगा), कार्मा छोइवेल गुरुङ (डोल्पोबुद्ध गाउँपालिका, डोल्पा), मोहनबहादुर केसी (सान्नी–त्रिवेणी गाउँपालिका, कालिकोट), प्यारीलाल शाही (चंखेली गाउँपालिका, हुम्ला) र सन्तोषप्रकाश जोशी (डिलासैनी गाउँपालिका, बैतडी) को अध्यक्षमा निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदवार धेरै स्थानीय तह त्यसमा पनि ठूला सहरमा विजयी हुनुले प्रमुख दलका लागि टाउको दुखाईको विषय बनेको छ ।

किनभने भने अबको ६ महिनापछि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । त्यसबेला ठूला दलले युवालाई मौका नदिए अहिलेकै जस्तो स्वतन्त्र उम्मेदवारको बाढी आउने निश्चित छ ।- मिडिया डबलीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय