वामी जापान सेबा समितिद्वारा एक क्यान्सर पिडितलाइ सहायोग हस्तन्त्रण

रामकृस्ण कंडेल, मुसिकोट गुल्मी

वामी सेवा समिति जापान द्वारा गुल्मी मुसिकोट -१,अरेवाका ब्लड क्यान्सर पिडित मनोज गिरी लाई आर्थीक सहयोग प्रदान गरिएको छ।मुसिकोट नगरपालिका ७ शेरा स्थित कृस्ण बहादुर थापाको निवास प्राड०गणमा एक बिशेष कार्यक्रम आयोजना गरी संस्थाको तर्फ बाट रू १ लाख २ हज़ार आर्थीक सहयोग रकम उपलब्ध गराईएको हो।मुसिकोट नगरपालिका वडानं १ अरेवा निवासी २१ बर्षिय मनोज गिरी हाल भारतको राजिब गान्धी क्यान्सर अस्पतालमा उपचारार्थ हुनुहुन्छ।

‘लामो समय सम्म उपचार गर्नुपर्ने रोग लागेको,रकमको अभावमा बिस्तारामा लडेका २१ बर्षिय मनोज गिरीको केही उद्धार हुन्छ की भनेर बिरामीको तर्फ बाट हामी लाई खबर गरे पछि हामीले हाम्रो संस्थाको तर्फ बाट सहयोग रकम पठाएका छौ’वामी सेवा समिति जापानका अध्यक्ष कृस्णप्रसाद सापकोटाले बताऊनु भयो।

‘ए एम एल’नामको ब्लड क्यान्सर बाट पिडित गिरीको उपचारको लागि झन्डै ४८ लाख भारू लाग्ने भन्दै बिरामीको तर्फ बाट आर्थीक सहयोगको अपेक्षा गर्दै कार्तिक १५ गते अशोक गिरीले वामी सेवा समिति जापान का अध्यक्ष लाई संबोधन गरी निबेदन पेश गर्नु भएको जापान बाट संस्थाका उपाध्यक्ष दिलिप थापाले बताऊनु भयो।’

‘परिवारका १ मात्र छोरा मनोजको पारिवारिक आर्थीक अवस्था निकै कमजोर रहेको र परिवार एक्लैले उपचार गर्न नसकि सहयोगको अपेक्षा राखेकोले यो कठिन अवस्थामा केहि सहयोग गर्नु पर्छ भन्ने मनसायले संस्थाको तर्फ बाट सहयोग गर्दैछौ’उपाध्यक्ष थापाले बताऊनु भयो।’

सहयोग हस्तान्तरण कार्यक्रममा मनोज बचॉऊ अभियानको तर्फ बाट बिरामी मनोज गिरीका माईला बुवा रेशम गिरी र वामी सेवा समिति जापानको तर्फ बाट महासचिब गोकुल खत्री,सेवा समितिका उपाध्यक्ष दिलिप थापाका बुवा तथा वामी नमुना समाजका बरिस्ठ सल्लाहकार कृस्णबहादुर थापा(जनक)को उपस्थिती रहेको थियो।त्यसै गरी वामी नमुना समाजका अध्यक्ष लक्ष्मण प्रसाद खराल,उपाध्यक्ष डिलारामा खराल,महासचिब तोयनाथ खराल,कोसाध्यक्ष कमल प्रसाद खराल ,सल्लाहकार सदस्य बलराम खराल,महिला नेतृ नितु(सपना) राना,शिब जी थापा लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रमको समापन गर्दै वामी सेवा समिति जापानको महासचिब गोकुल खत्रीले भन्नु भयो:’परिश्रमले बॉच्न सिकौ’भन्ने मुल मन्त्र रहेको वामी सेवा समिति जापान आफ्नो स्थापना समय(०६६) देखिनै वामी लगायत देश बिदेशमा रहेका नेपाली हरूको सुख दु:खको साथी बनिरहेको भन्दै आगामी दिनमा पनी सक्दो सहयोग गर्न पछी नपर्ने’ प्रतिबध्दता ब्यक्त गर्नु भयो।सहयोग हस्तान्त्रण कार्यक्रम वडानं-७का वडाध्यक्ष प्रकाश काफ्लेको प्रमुख अातिथ्यता,वडानं-८ का वडाध्यक्ष नारायण सापकोटाको बिशेष आतिथ्यता, वामी सेवा समिति जापानको महासचिब गोकुल खत्रीको अध्यक्षता र कौरव खत्रीको सन्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय