सवारी दु,र्घटनामा परिन् भरतपुरकी मेयर रेनु दाहाल !

भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दु,र्घटनामा परेकी छन्।

शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दु,र्घटनामा परेको हो। उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई सामान्य चोट लागेको छ।

टाउकोमा चोट लागेकी रेनुलाई उपचारका लागि सुमेरू अस्पतालमा भर्ना गरिएको छ। रेनुकी बहिनी गंगा दाहालका अनुसार दुर्घटनामा परेर घाइते भएकी रेनुलाई अस्पताल लगेर ‘सिटीस्क्यान’ गरिएको छ ।

‘टाउकोको बाहिरी भागमा मात्रै चोट लागेको चिकित्सकहरूले बताउनुभएको छ,’ उनले भनेकी छन्, ‘अहिले डिस्चार्जको तयारी भइरहेको छ । रेनुको अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै गंगाले बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय