काठमाडौंको नतिजा राति अबेर आउने, सभागृह अगाडि बालेनका समर्थकको पर्खाइ

काठमाडौं । काठमाडौं महानगरको मतगणना सकिन लाग्दा राष्ट्रिय सभागृह अगाडिको माहोल गुलजार बनेको छ । झमझम वर्षातका बीच बालेनका समर्थकहरु उत्साहका साथ नारावाजी गरिरहेका छन् ।

अन्तिम मतपरिणाम नआउँदै बालेनको जित निश्चित भइसकेकाले समर्थकहरु उत्सव मनाउन हतारिएका छन् । तर मतपरिणाम आउन अझै केही घन्टा लाग्न सक्ने काठमाडौंका प्रमुख निर्वाचन अधिकृत राजकुमार खतिवडाले बताए । खतिवडाका अनुसार वडा नम्बर १५को करिब ४ सय मतको गणना अझै बाँकी छ ।

उनले भने, ‘एक ठाउँमा मात्रै मतगणना भइरहेकाले अझै केही ४-५ घन्टा लाग्न सक्छ । गणना सकिनासाथ औपचारिकरुपमा सूचना टाँस गर्नेछौं ।’

निर्वाचन आयोगले मतपरिणामबारे आजै माइकिङ भने गर्ने छैन । बालेन साहको समूहले माइकिङ गर्ने र बधाई दिने काम शुक्रवार बिहान गर्न आग्रह गरेका छन् ।

पानी परेको र रातको समय भएको हुँदा तत्काल विजय जुलुस निकाल्न नसकिने भन्दै बालेनको समयमाले शुक्रबार बिहान ८ बजे कार्यक्रम गर्ने र ११ बजेबाट जुलुस निकाल्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय