माओवादीकाे विप्लवसँग पार्टी एकता गर्ने निर्णय, ओली सरकारलाई तनाव

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पूर्वमन्त्री गोपाल किरातीको नेतृत्वमा पुनर्गठित नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्ने निर्णय गरेको छ ।

हालै बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले विप्लवसँग एकता गर्ने निर्णय गरेको नेता गोपाल किरातीले जानकारी दिए ।

‘हाम्रो केन्द्रीय कमिटीको बैठकले उहाँहरूसँग पार्टी एकता गर्ने निर्णय गरेको छ,’ किरातीले भने, ‘अबको केही महिनाभित्र एकता प्रक्रिया टुंगिएला ।’ ओली सरकारले विप्लवको शक्ति घटाउँदै परास्त गर्ने रणनीति लिएका बेला अर्काे पार्टी नै एकीकरण हुने भएपछि सरकारलाई तनाव हुने भएको छ । कुनै बेला विप्लवकै सहयोद्धा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लवलाई परास्त गर्न विभिन्न योजना बनाइरहेका छन् ।

पार्टी एकताका लागि आफूहरूले पठाएको पत्रको जवाफ पनि प्राप्त भइसकेको किरातीले बताएका छन् । विप्लवसँग एकता गर्ने पार्टीले निर्णय गरेपछि आफ्नो पार्टीका केही नेताहरू डराएर हिँडेको र अलग्गै समूह बनाएको समेत किरातीले बताएका छन् । – मिडिया डबलीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय