दुख बिसाउन पनि त कहिलेकाहीँ पार्टी चाहिँदो रहेछ

 गजल – विष्णुप्रसाद आचार्य चकित मुसिकोट नगरपालिका गुल्मी

दुख बिसाउन पनि त कहिलेकाहीँ पार्टी चाहिँदो रहेछ
चुनाब सकिएपछि त फेरि पुरानै साथि चाहिँदो रहेछ ।।

चुनाबमा जहाँ मिल्यो त्यहिँ लड्यो जित्यो झ्यास्सै उसले
नागरिकले दिएको मतभन्दा पदचाहिँ माथि चाहिँदो रहेछ ।।

कहिलेकाहीँ त राम्रै कामको लागि निर्णय गर्छन नेताहरुले
कामको श्रेय लिन प्रतिपक्ष दलसमेत जाति चाहिँदो रहेछ ।।

सँस्कार छैन नेता मिल्ने कार्यकर्ता लड्ने अनौठो छ चलन
सर्वमान्य नेता बन्न त्याग,बलिदान र भाँति चाहिँदो रहेछ ।।

यो पनि – आमाले तेल घसेको शरिरमा उसकै छोराले आ’गो लगाउँछ
जसले जे कपडा लगाएनि आखिर त्यही धागो लगाउँछ !!

बाउको सम्पत्ति आधा आधा बाड्न लगाउँदा भाइले,
आफुलाइ धेरै पर्ने गरि बिचको घेरो बाङ्गो लगाउछ ।।

सरकारी जागिर खाने निहुमा धेरै विकल्प रोज्न दियो भने;
तन्दुरुस्त मान्छेले पनि आरक्षणको लोभमा अपाङ्गो लगाउछ !!

गैह्री खेतमा छिमेकिलाइ जिम्मा दिइ बाली हेर्न पठाउँदा;
आफ्नो खेतमा पानी लगाइ मेरो खेतमा पाँगो लगाउछ !!

मर्नुपर्छ आफुलाइ नि भन्ने उसले बिर्सन्छ क्यारे,
कात्रो बेच्दा समेत कपडा पसलेले महङ्गो लगाउछ !!!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय