एमालेमा अन्तर्घातको खतरनाक ट्रेण्ड देखियो, गम्भीर समीक्षा हुन्छ- ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा र काठमाडौंलगायतका ठूला सहरमा मेयर हार्नुको कारण गठबन्धनभन्दा पनि पार्टीभित्रकै अन्तर्घात प्रमुख कारण देखिएको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा जारी संसदीय दलका बैठकमा अध्यक्ष ओलीले उपमेयर भारी मतले जित्ने र मेयरमात्र हार्ने कुरामा पार्टीभित्रकै असहयोग र अन्तर्घात प्रष्ट देखिएको बताए । बैठकमा ओलीको सम्बोधन जारी छ । उनले यसपटक एमालेमा खतरनाक ढंगको अन्तर्घात देखिएको भन्दै यसको विस्तृत समीक्षा गरिने बताए ।

यो पनि पढ्नुहोस् – गुल्मीको मुसिकोट नगरपालिकाको लागि स्वतन्त्र तर्फबाट नगरप्रमुखको लागि उम्मेदवार बनेका बिपिन विश्वास रायमाझीले स्थानिय उत्पादनलाइ महत्व दिनुपर्नेमा जोड दिएका छन ।

कम्तिमा पालिकाले गर्ने नगरसभा र अन्य कार्यक्रममा
खसी,कुखुराको मासु प्रयोग गर्नुको सट्टा समय समयमा स्थानीय स्तरमा उत्पादित च्याउ खेतिको खाजा उपभोग गर्नुपर्नेमा उनले जोड दिएका हुन ।

सामाजिक सन्जालमार्फत आफ्नो बिचार प्रकट गर्दै उनले चिया र कफिको प्रयोग गर्दै गर्दा समग्र गुल्मी र मुसिकोटकै गौरवको विषय रहेको आपचौरको कफिको प्रयोग गर्नुपर्नेमा उनको जोड रहेको छ ।

स्थानिय सरकारको रुपमा रहेको मुसिकोट नगरपालिकाले गर्ने हरेक कार्यक्रममा लाग्ने तरकारी कृषि उपज पालिका भित्रका उत्पादन प्रयोग गर्ने बानी बसाल्न पनि सम्बन्धित सबैलाइ सुझाब दिएका छन । उनले स्थानिय उत्पादनको प्रयोगले दिने सन्देश साच्चिकै किशानको निम्ति न्यायमुलक र उत्पादन गर्नेहरुलाई उर्जा मिल्ने खालको हुने कुरामा विश्वास व्यक्त गरेका छन।

अशल नेतृत्व र सफल नेतृत्व हुन ठूलो नेता र ठूलो बजेट होइन थोरै बजेटले भुईमान्छेको जीवनस्तरमामा परिवर्तन आउनेगरी परिणाममुखी काम गर्न सक्ने कुरामा ध्यान दिन र सोहि अनुसार काम गर्न पनि सरोकारवालालाइ सुझाएका छन।

साथै उनले अवका जनप्रतिनिधिहरुले भुईमान्छेको हितको निम्ति काम गर्ने र आम नागरिकले साच्चिकै घरघरमा सरकार आएको महशुस हुने गरि काम हुनेमा आशा व्यक्त गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय