चियाको सट्टा अर्गानिक कफि र मासुको सट्टा स्थानिय उत्पादित च्याउलाइ खाजाको रुपमा प्रयोग गरौं

गुल्मीको मुसिकोट नगरपालिकाको लागि स्वतन्त्र तर्फबाट नगरप्रमुखको लागि उम्मेदवार बनेका बिपिन विश्वास रायमाझीले स्थानिय उत्पादनलाइ महत्व दिनुपर्नेमा जोड दिएका छन ।

कम्तिमा पालिकाले गर्ने नगरसभा र अन्य कार्यक्रममा खसी,कुखुराको मासु प्रयोग गर्नुको सट्टा समय समयमा स्थानीय स्तरमा उत्पादित च्याउ खेतिको खाजा उपभोग गर्नुपर्नेमा उनले जोड दिएका हुन । सामाजिक सन्जालमार्फत आफ्नो बिचार प्रकट गर्दै उनले चिया र कफिको प्रयोग गर्दै गर्दा समग्र गुल्मी र मुसिकोटकै गौरवको विषय रहेको आपचौरको कफिको प्रयोग गर्नुपर्नेमा उनको जोड रहेको छ ।

स्थानिय सरकारको रुपमा रहेको मुसिकोट नगरपालिकाले गर्ने हरेक कार्यक्रममा लाग्ने तरकारी कृषि उपज पालिका भित्रका उत्पादन प्रयोग गर्ने बानी बसाल्न पनि सम्बन्धित सबैलाइ सुझाब दिएका छन ।

उनले स्थानिय उत्पादनको प्रयोगले दिने सन्देश साच्चिकै किशानको निम्ति न्यायमुलक र उत्पादन गर्नेहरुलाई उर्जा मिल्ने खालको हुने कुरामा विश्वास व्यक्त गरेका छन।

अशल नेतृत्व र सफल नेतृत्व हुन ठूलो नेता र ठूलो बजेट होइन थोरै बजेटले भुईमान्छेको जीवनस्तरमामा परिवर्तन आउनेगरी परिणाममुखी काम गर्न सक्ने कुरामा ध्यान दिन र सोहि अनुसार काम गर्न पनि सरोकारवालालाइ सुझाएका छन।

साथै उनले अवका जनप्रतिनिधिहरुले भुईमान्छेको हितको निम्ति काम गर्ने र आम नागरिकले साच्चिकै घरघरमा सरकार आएको महशुस हुने गरि काम हुनेमा आशा व्यक्त गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय