बालेन शाह जित नजिक,काठमाण्डौमा ३८ हजार मात्र मतगणना हुन बाँकी,

काठमाण्डौ । एक स्वतन्त्र उम्मेदवारका कारण स्थानिक चुनावमा सबैभन्दा धेरै चर्चामा रहेको काठमाण्डौ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

दिँउसो ११.३० बजेको मतपरिणाम अनुसार ३८ हजार ७ सय ५१ मत मात्र गणना हुन बाँकी रहेको छ । १ लाख ५२ हजार ३ सय मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५०४९२ मत पाएका छन भने उनलाई पछ्याइरहेकी नेपाली काङ्ग्रेसकी सिर्जना सिंहले ३१५३९ मत ल्याएकी छन । त्यस्तै तेस्रो स्थानमा रहेका केशव स्थापितले ३०८९१ मल ल्याएका छन ।

उनीहरु बिचको मतान्तर १९ बजारमाथि रहेको छ । आज राती सम्ममा सम्पुर्ण मतगणना गरि नतिजा सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग रहेको छ ।

यो पनि पढ्नुहोस् – काठमडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने गरी आएको प्रतिक्रिया दिएका छन् ।

नीति तथा कार्यक्रमबारे अनलाइनखबरसँग संक्षिप्त प्रतिक्रिया दिंदै अध्यक्ष अग्रवालले औद्योगिकरणका लागि सरकारले ल्याएको कार्यक्रम सकारात्मक रहेको बताए ।

स्वदेशी उत्पादन र उपभोग दशक कार्यक्रम परिसंघको माग अनुसार आएको उनले बताए । उद्योगमा जग्गाको हदबन्दी जस्ता कार्यक्रम पनि परिसंघले पहिल्यैदेखि उठाएको मुद्दा भएको अग्रवालको भनाइ छ ।‘हामीले माग गरेका धेरै विषय नीति तथा कार्यक्रममा परेका छन् । यो निकै सकारात्मक छन्,’ उनले अघि थपे, ‘उद्योगमा जग्गाको हदबन्दी नलाग्ने जस्ता विषय पनि राम्रो छ ।’

उद्योगलाई संरक्षण गर्ने नीतिलाई अब बजेटमार्फत सम्बोधन गरिनु पर्ने पनि उनले बताए । परिसंघले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी अभियान’ लाई सहयोग गर्ने गरी नीति तथा कार्यक्रम आएकोमा उनले खुसी व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय